Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

नाडा अटो शोमा सुजुकीको विशेष अफर

नाडा अटो शोमा सुजुकीको विशेष अफर

images

इच्छाकामना न्युज

९, भाद्र २०८३
नाडा अटो शोमा सुजुकीको विशेष अफर
images

नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलाई लक्षित गर्दै ल्याएको ‘सुजुकी पर्वोत्सव’ योजना नाडा अटो शो २०२६ मा पनि विशेष रुपमा सञ्चालन गर्ने भएको छ । योजनाअन्तर्गत ग्राहकले २ लाखसम्मको पुरस्कार जित्न सक्ने ‘स्क्रयाच एन्ड विन’ अफरसमेत पाउनेछन् ।
सुजुकी पर्वोत्सवअन्तर्गत ग्राहकले १ लाखसम्म नगद छुट, १ लाखसम्म एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क आवधिक मर्मतसम्भार, पाट्र्स तथा एक वर्षको निःशुल्क अटो प्लस

बिमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यी सुविधा मोडेलअनुसार फरक हुनेछन् र देशभरका आधिकारिक सुजुकी शोरूममा उपलब्ध हुनेछन् । योजनामा अल्टो के–१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ईभिटारालगायत सुजुकीका विभिन्न मोडेल समेटिएका छन् । योजना २०८३ साउन २७ देखि मंसिर १५ गतेसम्म लागू हुनेछ ।

भृकुटीमण्डपमा मंगलबारदेखि सुरू भएको नाडा अटो शो २०२६ मा सुजुकीले नयाँ ब्रेजाको पहिलो सार्वजनिक प्रदर्शन गर्दैछ । सुजुकी प्याभिलियनको स्टलमा नयाँ ब्रेजासहित कम्पनीको सम्पूर्ण लाइनअप अवलोकन गर्न सकिनेछ ।

अटो शोमा आगन्तुकले गाडीको नयाँ पावरट्रेन, सुविधा तथा सुरक्षा प्रणालीबारे कम्पनीका उत्पादन विशेषज्ञबाट प्रत्यक्ष जानकारी लिनुका साथै गाडीभित्र बसेर अनुभव गर्न र बुकिङ गर्न सक्नेछन् । नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुँदैछ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको प्रदर्शनी ‘गोल्डेन जुबिली संस्करण’का रुपमा आयोजना गरिएको हो ।

images
प्रकाशित मिति :भाद्र ९, २०८३ मंगलवार - १७:१३:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology