Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रचण्ड–माधवसँग सहमति,विश्वासको मत दिन हेटौंडा फर्किँदै नेकपाको असन्तुष्ट समूह

प्रचण्ड–माधवसँग सहमति,विश्वासको मत दिन हेटौंडा फर्किँदै नेकपाको असन्तुष्ट समूह

रासस

९, भाद्र २०८३
प्रचण्ड–माधवसँग सहमति,विश्वासको मत दिन हेटौंडा फर्किँदै नेकपाको असन्तुष्ट समूह

हेटौंडा । नेकपाका प्रदेशसभा सदस्य कृष्ण शर्मा खनाल नेतृत्वको टोलीले बागमती प्रदेशका मुख्यन्त्री किरण थापालाई विश्वासको मत दिन तयार भएका छन् ।मंगलवार नेकपाका संम्योजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह संम्योजक माधवकुमार नेपालसँग भेटवार्ता गरी सहमति जुटेपछि खनाल नेतृत्वको टोली थापालाई विश्वासको मत दिन तयार भएका हुन् ।

images

छलफल सकारात्मक बनेपछि खनाल नेतृत्वको टोली विश्वासको मतको पक्षमा मतदान गर्न हेटौंडा फर्किँदै गरेको नेकपाका एक सांसदले जनाए । नेकपाका सांसद गंगानारायण श्रेष्ठका अनुसार प्रचण्डसँग ३ वटा विषयमा सहमति जुटेको छ । बागमतीका दलका नेता–उपनेतासमेतलाई आमन्त्रण गरी केन्द्रीय कार्य संयोजन समिति बैठकले नीतीगत निर्णय लिनुपर्छ’, श्रेष्ठले भने । अहिले रहेको ८ वटा मन्त्रालयबाट थप्न नपाउने सर्त पनि आफूहरूले अघि सारेको उनको भनाइ छ । गठबन्धनको ठूलो दलको हैसियतमा एक वटा सभामुख र बाँकी ३ मन्त्री नेकपाले लिने र सोही अनुसार वातावरण बनाउने सहमतिसहित आफूहरू निस्किएको सांसद श्रेष्ठले बताए ।

नेकपाका असन्तुष्ट सांसदहरू गंगानारायण श्रेष्ठ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठ सोमवार मुख्यन्त्री थापालाई विश्वासको मत दिन अनुपस्थित भएपछि बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ । सत्ता गठबन्धनभित्र आवश्यक सहमति जुटिसकेकाले मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्नेमा नेताहरू विश्वस्त रहेको बताइएको छ।

images
प्रकाशित मिति :भाद्र ९, २०८३ मंगलवार - १५:५७:४० बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology