Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेकपा एसले निर्वाचनको लागि आउँदो २० गतेभित्र उम्मेद्वारको नाम टुङ्गो लगाउने 

नेकपा एसले निर्वाचनको लागि आउँदो २० गतेभित्र उम्मेद्वारको नाम टुङ्गो लगाउने 

images

इच्छाकामना न्युज

१०, भाद्र २०७९
नेकपा एसले निर्वाचनको लागि आउँदो २० गतेभित्र उम्मेद्वारको नाम टुङ्गो लगाउने 
images

काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि आउँदो २० गतेभित्र उम्मेद्वारको नाम टुङ्गो लगाउने भएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनक्षेत्र समन्वय कमिटीले आजसम्ममा जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने र त्यसपछि जिल्ला कमिटीले आउँदो आइतवारसम्ममा प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस गर्ने पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सीआईएनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश कमिटीले भदौ १५ गतेभित्र पार्टीको केन्द्रीय कार्यालयमा नामावली पठाएपछि केन्द्रीय कमिटीले २० गतेभित्र उम्मेदवारको टुङ्गो लगाउने तयारी गरेको हो । पार्टीले अहिलेसम्म करिब सात लाख सदस्यता वितरण गरिसकेको उहाँको दाबी छ । 

images
प्रकाशित मिति :भाद्र १०, २०७९ शुक्रवार - ०९:१८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology