तनहुँ, ११ पुस । क्रियाशिल महिला पत्रकार तनहुँले पत्रकार महिलाको लागी लेखन सिप विकास तालिम शुरु गरेको छ । महिला पत्रकाररिताको क्षेत्रमा लेखन सिप र वृद्धि विकास गर्नका लागी तालिम संचालन गरिएको हो । क्रियाशिल पत्रकार महिला तनहुँको अध्यक्ष अन्जना तिमल्सेनाको अध्यक्षतामा भएको पत्रकारिता तालिमको प्रमुख अतिथीमा व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी वैकुष्ठ न्यौपानेले पत्रकारिता क्षेत्र चुनौतीपुर्ण रहेको सन्र्दभमा महिलाहरु नै क्रियाशिल भएर पत्रकारितामा रहनु चुनौत्रीपुर्ण रहेको वताए । सथ्य र तथ्यमा आधारित भएर समुदायलाई नै सकारात्मक तर्फ उन्मुख गराउने पत्रकारिता गर्नुपर्ने वताए । महिला पत्रकारिताको सिप वृद्धिका लागी तालिम उपयोगि भएको हुदाँ पत्रकारिताको हक हितका लागी आफुले सक्ने सहयोग गर्ने वहाँले वताए । फरक प्रसंगमा वहाँले सरकारले गरेको संसद विघटन अलोकतान्त्रिक भएको वताए । वैधानिक निकाय भंग गरेर सरकारले अधिनायकवाद लाद्न खाजेको छ, वहाँले भन्नुभयो ।
२ दिनसम्म चल्ने लेखन सिप विकास तालिममा पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, निवर्तमान अध्यक्ष डम्वर अधिकारी, पुर्व अध्यक्ष प्रदिप काफले नेपाल प्रेस युनियन तनहुँका सभापति अमरराज नहर्की, रोटयाक्ट क्लव गण्डकी प्रदेशका अध्यक्ष मदन वाग्ले, गोरा मियाँ लगायतले महिला पत्रकारको सिप विकास तालिम सुढृढीकरणका वारेमा चर्चा गरेका थिए ।
जिल्ला समन्वय समिती तनहुँको भवनमा संचालन भएको तालिमलाई महिला अधिकारकर्मी र वरिष्ठ पत्रकारहरुले लेखन सिप विकास तालिम दिनेछन् । संस्थाका सचिव मिला दरैले संचालन गर्नुभएको कार्यक्रममा करिव ४५ जना महिला पत्रकारहरु तालिममा सहभागी रहेका छन् ।