Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सान्जेन जलविद्युत आयोजनाको काम ९५ प्रतिशत पूरा, कार्तिकभित्र राष्ट्रिय प्रशारणमा जोड्ने तयारी

सान्जेन जलविद्युत आयोजनाको काम ९५ प्रतिशत पूरा, कार्तिकभित्र राष्ट्रिय प्रशारणमा जोड्ने तयारी

images

इच्छाकामना न्युज

९, भाद्र २०७९
सान्जेन जलविद्युत आयोजनाको काम ९५ प्रतिशत पूरा, कार्तिकभित्र राष्ट्रिय प्रशारणमा जोड्ने तयारी
images

नुवाकोट । रसुवामा निर्माणाधिन  माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत तीन महिनाभित्र राष्ट्रिय प्रशारणमा जोडिने भएको छ । आयोजनाको निर्माण ९५ प्रतिशत पूरा भएको हो ।

सान्जेन जलविद्युत कम्पनीले रसुवामा निर्माण गरिरहेको १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको विद्युत आगामी कात्तिक महिनाभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । आयोजनाको ९५ प्रतिशत निर्माण र सिभिल संरचनाको काम ९९ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ ।

गत २०६९ साल  मङ्सिर १० गते ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गरिएको थियो । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको चिलिमे हब सबस्टेसन जोडिनेछ भने सबस्टेसनसम्मको आवश्यक ५ दशमलव ९ किलोमिटर लामो प्रसारण लाइनको काम सकिएको छ  ।

प्रसारण लाइनमा २० वटा टावर वनाइएको छ भने माथिल्लो सान्जेनबाट वार्षिक ८ करोड २४ लाख युनिट विद्युत उत्पादन हुने आयोजना पक्षको भनाइ छ ।

images
प्रकाशित मिति :भाद्र ९, २०७९ बिहिवार - १०:००:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology