अविनाश आचार्य, काठमाडौँ । ५ वर्षभित्रमा खरको छानो मुक्त बनाउने सरकारले लक्ष्य लिए पनि ४वर्षको अवधिमा१० प्रतिशत नागरिकको घर मात्रै जस्ता पाताले छाएको छ । सरकारको आँकडामा देशभरका झण्डै ५ लाख परिवारको घर खरले छाएको छ । उ
नीहरूको आवास सुरक्षित बनाउने भन्दै ४ वर्षअघि सरकारले खरको छानो भएका परिवारलाई सूचिकृत हुन आह्वान गरेकामा १ लाख ८९ हजार २ सय ३० परिवारले आवेदन दिएका थिए । त्यसमध्य सरकारले १ लाख ३० हजार ९ सय ३२ परिवारलाई छनोट गरेको थियो ।
पाँच वर्षमा पाँच लाख नागरिकलाई टिनको छानामा राख्ने सङ्कल्प सरकारले गरेपनि हालसम्म ५२ हजार पाँच सय ७७ परिवारले मात्रै लाभ लिएका छन् । सहरी विकास मन्त्रालयका प्रवक्ता प्रदिप परियारले माग अनुसारको रकम उपलब्ध नभएका कारण कार्यक्रम प्रभावकारी हुन नसकेको बताउनुभयो ।
निवेदन स्वीकृत भएका आवासमध्ये अझै एक लाख ३६ हजार ६ सय ५३ घरको छानो फेर्न बाँकी छ । चार वर्षमा लक्ष्यको १० प्रतिशत मात्रै काम सकिएको छ । लाभग्राहीले भुक्तानी पाउनेक्रम यही गतिमा गए सम्झौता भएको आवासलाई जस्ताले छाउन मात्रै कम्तिमा अर्को ४ वर्ष लाग्ने देखिएको छ ।