Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कार्यसम्पादन मूल्याङ्कनमा चितवन प्रहरी सर्वोत्कृष्ट

कार्यसम्पादन मूल्याङ्कनमा चितवन प्रहरी सर्वोत्कृष्ट

इच्छाकामना न्युज

६, भाद्र २०७९
कार्यसम्पादन मूल्याङ्कनमा चितवन प्रहरी सर्वोत्कृष्ट
images

चितवन । वार्षिक कार्यसम्पादन मूल्यांकनमा बागमती प्रदेशका जिल्ला प्रहरी कार्यालयहरुमध्ये चितवन सर्वाेत्कृष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले वार्षिक औसत अंक ८८.९८ का साथ जिल्ला प्रहरी कार्यालयतर्फ प्रथम स्थान हासिल गरेको हो ।

images
images

उत्कृष्ट कार्य सम्पादनको कदर गर्दै बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले आइतबार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीलाई प्रशंसा पत्र प्रदान गरेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा प्रहरी परिचालन र दैनिक कार्य सम्पादनलाई प्रभावकारी, व्यवस्थित एवं परिणाममुखि बनाउने उद्देश्यले प्रदेश प्रहरी कार्यालय र सम्पादित कार्यलाई वस्तुनिष्ठ बनाउन मासिक मूल्यांकन मापदण्ड–२०७८ तयार गरिएको थियो । आर्थिक वर्ष २०७९/८० को लागि पनि वार्षिक कार्यसम्पादन सम्झौतामा आइतबार हस्ताक्षर गरिएको छ ।

images
प्रकाशित मिति :भाद्र ६, २०७९ सोमवार - ०८:०५:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology