Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तमु समुदायमा जुडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तान्तरण सम्बन्धी तालिम पोखरामा सुरु

तमु समुदायमा जुडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तान्तरण सम्बन्धी तालिम पोखरामा सुरु

images

इच्छाकामना न्युज

४, भाद्र २०७९
तमु समुदायमा जुडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तान्तरण सम्बन्धी तालिम पोखरामा सुरु
images

पोखरा । तमु आदिवासी जनजातिको साँस्कृतिक पुनरुत्थानको अभियान अन्र्तगत तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी कार्यक्रम पोखरामा शुरु भएको छ। 

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चद्धारा अन्तराष्ट्रिय आदिवासी महिला मञ्चको सहयोगमा पोखरा नँयाबजारस्थित चारभञ्ज्याङ तमु समाज पोखरामा आयोजित दुई दिने तालिमको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गर्नुभयो।

299211762_811008723250792_2437840654724040256_n.jpg

शुभकामना व्यक्त गर्नुहुदै तमु धिं अध्यक्ष हुमबहादुर गुरुङले तमु आदिवासीको पहिचान, हिजोको पुस्ताको मौलिक ज्ञान सिप, मौलिकता आउदो पुस्तालाई ज्ञान हस्तान्तरण कार्यक्रमले सहभागीहरुका निम्ति अति नै उपलब्धिमुलक हुने बताउनुभयो। हामी किन आदिवासी हौं, हामीलाई किन तमु (गुरुङ) भनिएको हो, हाम्रा अग्रजहरुको ज्ञान के थियो र कसरी पुस्ताहस्तन्तरण गर्न सक्छौं भन्ने बारेमा दुईदिने तालिम महत्वपुर्ण हुने विश्वास व्यक्त गर्नुभयो। 

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका अध्यक्ष सोनी लामाले संस्थाको बारेमा जानकारी दिनुहुदै विगतदेखिको गतिविधीका साथै दुईदिने तालिमको बारेमा जानकारी गराउनुभएको थियो। 

यसरी नै कार्यक्रमको संयोजक बिन्ती गुरुङले तमु किशोरीहरुमा साँस्कृतिक पुनरुत्थान अति नै आवाश्यकता देखिएकाले तमु समुदायमा जडिबुटिको महत्व र अन्तरपुस्ता ज्ञान हस्तास्तरण सम्बन्धी कार्यक्रम आयोजना गरिएकोमा कास्की, स्याङ्जा, तनहु, लमजुङ, गोर्खा, पर्वत लगायतको जिल्लाबाट तमु किशोरीहरुको तालिममा सहभागिता रहेको बताउनुभयो। 

तालिमको पहिलो दिन सहजकर्ता कमल राईले आदिवासी जनजातिका ज्ञान, सिपका साथै पुस्ताहस्तान्तरणका बारेमा, पच्यु होमन गुरुङले तमु संस्कार सँस्कृतिका साथै जैविकताको बारेमा सहजीकरण गर्नुभएको थियो।

images
प्रकाशित मिति :भाद्र ४, २०७९ शनिवार - २१:५९:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology