Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मधेश प्रदेश सरकारले ग¥यो धर्ना स्थगित 

मधेश प्रदेश सरकारले ग¥यो धर्ना स्थगित 

इच्छाकामना न्युज

३१, श्रावण २०७९
मधेश प्रदेश सरकारले ग¥यो धर्ना स्थगित 
images

बटुकनाथ झा, जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले  चुनाव पछि प्रहरी समायोजन  गर्ने आश्वासन दिएपछि  साउन २९ गते देखि मधेश प्रदेश सरकारले  प्रदेश प्रमुखको कार्यालय परिसरमा दिएको धर्ना स्थगित गरेको छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा धर्ना कार्यक्रम स्थगित भएको हो ।

images
images

प्रदेश प्रमुख मिश्रले मुलुक चुनावमा होमिएकाले चुनावपछि प्रहरी समायोजन हुने प्रधानमन्त्री शेर बहादुर देउवाले जानकारी दिएकाले  धर्ना कार्यक्रम स्थगित गर्न आग्रह गर्नुभएको थियो ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री वालकृष्ण खाण सहित सरकारमा रहेका दलका शीर्ष नेताहरूले प्रहरी समायोजनको काम मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावपछि गर्ने आश्वासन दिएकाले  धर्ना स्थगित गरेको बताए ।  

प्रधानमन्त्री आफैले फोन गरेर समायोजनको तयारी आफूहरूले पनि गरेको बताउँदै अरू केही विषयहरू मिलाउनु पर्ने भएकाले चुनावपछि समायोजन गर्ने विश्वास दिलाएपछि हालका लागि धर्ना सहितको आन्दोलनको कार्यक्रम स्थगित भएको मुख्यमन्त्री राउतले पत्रकारहरूलाई जानकारी दिनुभयो  ।

मुख्यमन्त्री राउतले मधेश प्रदेश सरकारले पहिलो पटक प्रदेश प्रहरी ऐन बनाएका कारणले संघीय सरकारलाई प्रहरी समायोजन सम्बन्धी ऐन बनाउनका लागि बाध्य बनाएको बताउँदै नेपाल सरकारले प्रहरी समायोजनको सबै प्रक्रिया पुरा गरेकाले समायोजनमा चुनाव पछि ढिलाइ हुने कुनै कारण नै नभएको बताउनुभयो  ।  

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - १८:३९:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology