Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

स्याङ्गजामा अनुमानित लक्ष्यभन्दा धेरै मुद्दा फछ्र्यौट 

स्याङ्गजामा अनुमानित लक्ष्यभन्दा धेरै मुद्दा फछ्र्यौट 

images

इच्छाकामना न्युज

३१, श्रावण २०७९
स्याङ्गजामा अनुमानित लक्ष्यभन्दा धेरै मुद्दा फछ्र्यौट 
images

तोलाकान्त बगाले, वालिङ, स्याङ्जा । स्याङ्जा जिल्ला अदालतले लक्ष्यभन्दा धेरै मुद्दा फछ्र्यौट गरेको छ ।

अदालतले गत आर्थिक वर्ष २०७८/०७९ का लागि सात सय ३० वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा सात सय ४६ मुद्दा फछ्र्यौट गरेको फिराद दर्ता शाखाका शोभाकान्त पौडेलले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएका तीन सय ८६ र गत आर्थिक वर्ष २०७८/०७९ मा दर्ता भएका पाँच सय ९६ गरी कूल एक हजार १८२ रहेका थिए ।

अदालतले एक हजार १८२ मुद्दा मध्ये सात सय ४६ मुद्दा फछ्र्याैट गरेको छ भने चार सय ३६ मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएका छन् ।  अदालतले गत आर्थिक बर्षमा २०७८/०७९ मा नयाँ छ सय ८७ मुद्दा र अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका तीन सय ८६ मुद्दा सहित एकहजार ७३ मुद्दाको अनुमान गरेको थियो । अदालतले अनुमान गरेको भन्दा विभिन्न प्रकृतिका १०९ वटा मुद्दा बढी परेका उहाँले बताउनुभयो ।  

स्याङ्जा जिल्ला अदालतले गत आर्थिक वर्ष  २०७८/०७९ मा कूल मुद्दा एकहजार १८२ को ६३ दशमलब ११ प्रतिशत मुद्दाहरु फछ्र्यौट गरेको छ ।  अदालतमा सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका र नयाँ दर्ता सहित चार सय ६१ वटा रहेका छन् । जसमध्ये तीन सय ७१ वटा फछ्र्यौट भईसकेका छन् भने ९० वटा बाँकी रहेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा तीन सय ४ वटा मुद्दा दर्ता भएकोमा दुई सय ४० वटा फछ्र्यौट भएको थियो । ६४ वटा मुद्दा गत आ.व. २०७८/०७९ मा जिम्मेवारी सरेर आएको थियो । तुलनात्मकरुपमा पछिल्ला वर्षहरुमा सम्बन्ध विच्छेदका मुद्दाहरु दर्ता हुने क्रम बढ्दै गएको छ । त्यस्तै दोस्रोमा अंशबण्डाका मुद्दा छन् । कूल एकसय ३१ वटा मुद्दामध्ये ६० वटा फछ्र्यौट हुँदा ७१ वटा बाँकी रहेका छन् ।

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - १८:३३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology