Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पितृको सम्झनामा छोरी ज्वाईले खुवाए मानवसेवा आश्रममा खाना

पितृको सम्झनामा छोरी ज्वाईले खुवाए मानवसेवा आश्रममा खाना

images

इच्छाकामना न्युज

३०, श्रावण २०७९
पितृको सम्झनामा छोरी ज्वाईले खुवाए मानवसेवा आश्रममा खाना
images

नारायणगढ । भरतपुर–१० शिवमन्दिर टोल निवासी स्वर्गीय जसबहादुर गुरूङ र स्वर्गीय शिवबहादुर गुरूङको सम्झनामा छोरी ज्वाइँ तथा नाति नातिनाले नारायणगढस्थित बेलचोकमा रहेको मानवसेवा आश्रममा खाना खुवाएका छन् । हाल जर्मनी बस्दै आएका छोरी अनिता गुरूङ ज्वाइँ रामबहादुर गुरूङ तथा नाति अनिश र नातिना रियाले संयुक्तरूपमा दिवंगत बुबाको सम्झनामा एक छाक खाना खुवाएका हुन् । 

298380339_1086133992009564_6397170174113293740_n.jpg

गुरूङको परिवार भरतपुर महानगरपालिका वडा नं. १७ रामपुर घर भई हाल जर्मनीमा होटल व्यवसाय गर्दै आइरहेका छन् । भाइ कृष्णबहादुर गुरूङका अनुसार उनीहरूले सामाजिक काममा सेवा गर्ने भावनाले गुरूङ समुदायको छाता संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनलाई स्मारिका प्रकाशनको लागि पनि नगद १८ हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् ।

images
प्रकाशित मिति :श्रावण ३०, २०७९ सोमवार - १९:१९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology