देवचन्द्र भट्ट, नुवाकोट । नुवाकोटमा राहदानी बनाउनेहरूको सङ्ख्या बढ्दै गएको छ । विशेषगरि वैदेशिकरोजगारीमा जाने उदेश्यले पछिल्लो समय राहदानी बनाउनेहरूकोसङ्ख्या बढ्न थालेको हो ।
रोजगारीका लागि खाडी मुलक जानेहरूले राहदानी बनाउने थालेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार गत आर्थिक वर्षमा राहदानी बनाउनेहरूबाट मात्रै कुल साढे दुई करोड राजश्व सङ्कलन गरेको छ ।
१२ स्थानीय तह रहेको नुवाकोटबाट ११ महिनाको अवधिमा ४ हजार ६ सय ४० थान राहदानीको लागि फारम सङ्कलन गरेकोमा ४ हजार १ सय १७ थान राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जान नपाएकाहरू पछिल्लो समय वैदेशिक रोजगारीमा जान सहजता भएसँगै राहदानी बनाउने क्रम बढेको छ ।