Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मैत्रीपूर्ण फुटसलमा नारायणगढ जेसीज विजयी

मैत्रीपूर्ण फुटसलमा नारायणगढ जेसीज विजयी

images

इच्छाकामना न्युज

२७, श्रावण २०७९
मैत्रीपूर्ण फुटसलमा नारायणगढ जेसीज विजयी
images

नारायणगढ । मैत्रीपूर्ण फुटसलमा नारायणगढ जेसीजले खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) चितवनलाई पराजित गरेको छ । जेसीज सप्ताह २०२२ अन्तर्गत आज (शुक्रबार) भएको खेलमा नारायणगढ जेसीजले एनएसजेएलाई हराएको हो । 

ब्रदर्स फुटसल एरेना क्षेत्रपुरमा भएको प्रतिस्पर्धात्मक खेलमा नारायणगढ जेसीज ६–५ ले विजयी भयो । हरेक वर्ष जेसीज सप्ताहमा नारायणगढ जेसीजले खेलकुद पत्रकारसँग मैत्रीपूर्ण फुटबल तथा फुटसल आयोजना गर्दै आएको छ । खेलको सहयोगी संस्थाहरुमा घडेरी बजार, स्वस्तिक इलेक्ट्रोनिक्स र डिलाइट केक्स एण्ड बेक्स रहेका थिए । 

जेसीज सप्ताहको अवसरमा नारायणगढ जेसीजले साताव्यापी कार्यक्रम गरिरहेको छ । जस अन्तर्गत २४ गते उद्घाटन तथा चेतना जागरण कार्यक्रम, २५ गते वक्तृत्वकला प्रतियोगिता र २६ गते इच्छाकामना गाउँपालिमा ४ कुरिनटारस्थित जेसीज गाउँका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिसकेको छ । 

२८ गते बैंकिङ तथा कर सम्बन्धी तालिम र २९ गते मानव सेवा आश्रममा वृद्धवृद्धालाई खान खुवाउने कार्यक्रम मूल संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिए । ३० गते ट्राफिक सचेतना कार्यक्रमसँगै जेसीज सप्ताह समापन हुने श्रेष्ठले बताए ।

images
प्रकाशित मिति :श्रावण २७, २०७९ शुक्रवार - २३:१२:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology