Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवनका पत्रकार राजेश घिमिरेलाई पितृशोक

चितवनका पत्रकार राजेश घिमिरेलाई पितृशोक

images

इच्छाकामना न्युज

२७, श्रावण २०७९
चितवनका पत्रकार राजेश घिमिरेलाई पितृशोक
images

चितवन । चितवनका पत्रकार राजेश घिमिरेलाई पितृशोक परेको छ । घिमिरेका बुवा घनकान्त घिमिरेको ५९ वर्षको उमेरमा आज (शुक्रबार) दिउँसो करिब साढे २ बजे चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

स्वर्गीय घिमिरे कविलास मावि जुगेडीका पूर्वप्रधानाध्यापक हुनुहुन्थ्यो। गत वर्ष साउन १६ गते आफ्नै घरबाट लडेर घाइते हुुनुभएका घिमिरे अस्पतालको लामो बसाइपछि भरतपुर ७ कटहर चोकस्थित घरमा स्वास्थ्य लाभ गरिरहनुभएको थियो । गत बुधबार स्वास्थ्य अवस्था थप जटिल देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

घिमिरेका श्रीमती, दुई छोरा र १ छोरी छन् । ज्येष्ठ सुपुत्र राजेश सेतोपाटी अनलाइनसँग आवद्ध हुनुहुन्छ ।

 

images
प्रकाशित मिति :श्रावण २७, २०७९ शुक्रवार - २२:३०:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology