Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन विशेष

स्थापनाको करिब डेढ दशकपछि फोनिज चितवनको कार्यालय स्थापना

स्थापनाको करिब डेढ दशकपछि फोनिज चितवनको कार्यालय स्थापना

इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङद्वारा कार्यालयको समुद्घाटन

इच्छाकामना न्युज

२७, श्रावण २०७९
स्थापनाको करिब डेढ दशकपछि फोनिज चितवनको कार्यालय स्थापना
images

चितवन । फोनिज चितवनले संस्था स्थापना भएको करिब डेढ दशकपछि आफ्नै कार्यालय स्थापना गरेको छ । शुक्रबार इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष महेन्द्र दुरा, पूर्वअध्यक्ष पदमबहादुर गुरूङ, फोनिज चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरीलगायतको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो ।

images
images

कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आदिवासी जनजाती पत्रकारहरुको कार्यालय स्थापना भएकोमा खुशी व्यक्त गरे । उनले फोनिज चितवनको कार्यालय संचालनका निम्ति आवश्यक सहयोगको लागि आफु सदैव तयार रहेको पनि प्रतिबद्धता व्यक्त गरे ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनले फोनिजको लागि कार्यालय उपलब्ध गराएपछि स्थापना दिवसकै दिनमा उद्घाटन गरिएको फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले जानकारी दिए । नेफिन चितवनले फोनिज चितवनलाई आफ्नै सदस्य भएकोले साथ र सहयोगको लागि कार्यालय उपलब्ध गराएको अध्यक्ष महेन्द्र दुराले बताए ।

नेफिनकै भवनमा फोनिजको कार्यालय स्थापना गराउँदा फोनिज र नेफिनबीचको सम्बन्धलाई अझ मजबुद हुने उनले बताए । ‘हामी सँगसँगै भएपछि सहकार्य गर्न सजिलो हुन्छ, नेफिनले आयोजना गरेका हरेक गतिविधिलाई फोनिजले पनि नजिकबाट नियाल्न पाउँछ,’ उनले भने ।

नेफिनमा पदमबहादुर गुरूङ अध्यक्ष हुँदा गठन भएको फोनिजले बल्ल कार्यालय पाएको भन्दै फोनिज चितवनले नेफिनप्रति धन्यवाद दिएको छ । नेफिनका पूर्वअध्यक्ष गुरूङले सुरूवाती समयमा फोनिजमा सदस्य पु¥याउनै मुस्किल भएको स्मरण गराउँदै अहिले फोनिज आफैँमा बलियो भइसकेको बताए ।

फोनिज चितवनका संस्थापक अध्यक्ष एवम् संरक्षक सन्तकुमार चौधरीले फोनिजले कार्यालय पाएपछि फोनिजले संस्थागतरूपमा उपस्थिति बलियो बनाएको बताए । फोनिजका संघीय समिति सदस्य एवम् तमू सञ्चारकर्मी संघका संघीय सचिव चित्र ‘सोल्टी’ गुरूङले फोनिजलाई अझ बलियो बनाउन अर्थ व्यवस्थाप्रति ध्यान दिन आग्रह गरे । संस्था सञ्चालनको लागि नियमित खर्च व्यवस्थापनलाई दीगो समाधान गराउन उनले आग्रह गरे ।

फोनिज बागमती प्रदेशका उपाध्यक्ष राजेश रूम्बाले फोनिजलाई स्थानीय सरकारहरूले संरक्षण दिन सके अझ बलियो हुने बताए । 

images
प्रकाशित मिति :श्रावण २७, २०७९ शुक्रवार - २१:५८:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology