Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फोनिजको वार्षिकोत्सवमा दुई सञ्चारकर्मी सम्मानित

फोनिजको वार्षिकोत्सवमा दुई सञ्चारकर्मी सम्मानित

इच्छाकामना न्युज

२७, श्रावण २०७९
फोनिजको वार्षिकोत्सवमा दुई सञ्चारकर्मी सम्मानित
images

भरतपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं वार्षिकोत्सवको अवसरमा फोनिज चितवनले दुई जना सञ्चारकर्मीलाई सम्मान गरेको छ । फोनिज चितवनका निवर्तमान अध्यक्ष सन्दीपकुमार श्रेष्ठ र बागमती प्रदेश प्रतिनिधि आशिका थापामगरलाई सम्मान गरेको हो । 

images
images

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङको प्रमुख आतिथ्यतामा दुवैजनालाई सम्मानपत्र प्रदान गरिएको हो । सम्मानित व्यक्ति श्रेष्ठ स्वास्थ्य पत्रकारितामा विगत लामो समयदेखि सक्रिय छन् भने आशिका थापा विगत लामो समयदेखि कालिका एफएममा कार्यरत छिन् ।
सञ्चार क्षेत्रसँगै फोनिजको विकासमा योगदान पु¥याएको आधारमा दुई सञ्चारकर्मीलाई फोनिजको २३ औँ स्थापना दिवसको अवसरमा सम्मान गरिएको फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले जानकारी दिए । 

फोनिजले आफ्ना सदस्यहरूलाई प्रोत्साहन गराउने उद्देश्यले पनि सम्मान गर्ने परम्पराको विकास गरिएको अध्यक्ष मगरले बताए । यसअघिका वर्षहरूमा पनि सञ्चारकर्ममा देखाएको सक्रियता र संस्थाप्रतिको योगदानको आधारमा सञ्चारकर्मीहरूलाई सम्मान तथा पुरस्कृत गराउँदै आएको थियो ।

images
प्रकाशित मिति :श्रावण २७, २०७९ शुक्रवार - २१:३५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology