Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेकपा एमाले देवघाट गाउँ कमिटीको छैटौँ बैठक सम्पन्न, भदौ २ गते गापा स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने

नेकपा एमाले देवघाट गाउँ कमिटीको छैटौँ बैठक सम्पन्न, भदौ २ गते गापा स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने

images

करिश्मा गुरुङ

२६, श्रावण २०७९
नेकपा एमाले देवघाट गाउँ कमिटीको छैटौँ बैठक सम्पन्न, भदौ २ गते गापा स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने
images

देवघाट । नेकपा एमाले देवघाट गाउँ कमिटीको छैटौँ बैठक सम्पन्न भएको छ । आज नेकपा एमाले देवघाट गाउँ कमिटीको आयोजनामा भएको सो बैठक देवघाट ५ क्युदीमा रहेको मधुवन सामुदायिक वनमा भएको थियोे । 

सो बैठकमा दुईवटा निर्णय गरिएको नेकपा एमाले देवघाट गाउँ कमिटीका अध्यक्ष केशव चन्द्र न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेले भाद्र २ गते गाउँपालिका स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने जुन प्रशिक्षण कार्यक्रममा गाउँकमिटीका सदस्यहरू, वडा कमिटीका पदाधिकारीहरू, वर्गीय संगठनका पदाधिकारीहरू र पालिका स्तरीय जनप्रतिनिधिहरूको सहभागीता रहने गरी प्रशिक्षण कार्यक्रम हुने बताए । त्यस्तै भाद्र ५,६ र ७ गते पाँचैवटा वडा कमिटीको बैठक सञ्चालन गर्ने निर्णय गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । 

298348442_5949867675027834_1821116593107443346_n.jpg

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य एवं देवघाट गाउँ कमिटीको इन्चार्ज इन्द्रमान परियारले बैठकमा स्थानीय चुनावको समिक्षा, भावि संगठन निर्माण, विस्तार र आगामी संघ र प्रदेश चुनाव केन्द्रीत विषयमा छलफल गरिएको जानकारी दिनुभयो । 

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष हरिराज कडेल, सचिव राजेस्वर ढकाल, जिल्ला कमिटीका उपसचिब  प्रदिप अधिकारी, जिल्ला कमिटी सदस्य शिबराज पौडेल, जिल्ला कमिटी सचिवालय सदस्य एवं देवघाट गाउँपालिका कमिटी सह( इन्चार्ज बाबुराम अधिकारी, जिल्ला कमिटी सदस्य ठाकुर कुमारी काफ्ले, जिल्ला कमिटी सल्लाकार परिसदका सदस्य यल बहादुर गुरुङ्ग र बुद्धिजीवी परिसद्का अध्यक्ष डा। सुरेन्द्र प्रसाद श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियोे ।

298568237_1250103535757767_4681632084766582585_n.jpg

images
प्रकाशित मिति :श्रावण २६, २०७९ बिहिवार - २३:२१:१९ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology