Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

जापान जाने विद्यार्थीलाई परामर्श दिन सेन्ट्रल कलेजमा जापानकै कलेज/युनिभर्सिटीका प्रतिनिधि

जापान जाने विद्यार्थीलाई परामर्श दिन सेन्ट्रल कलेजमा जापानकै कलेज/युनिभर्सिटीका प्रतिनिधि

images

इच्छाकामना न्युज

२६, श्रावण २०७९
जापान जाने विद्यार्थीलाई परामर्श दिन सेन्ट्रल कलेजमा जापानकै कलेज/युनिभर्सिटीका प्रतिनिधि
images

चितवन । सेन्ट्रल कलेज चितवन र यसका शाखाहरुमा जापानका कलेज, युनिभर्सिटीका प्रतिनिधिहरुले प्रत्येक्ष विद्यार्थीलाई परामर्श दिएका छन् ।

जापान जाने तयारीमा रहेका र चाहाना गरेका विद्यार्थीलाई कलेजको शहिदचोक प्रेसमार्गमा रहेको केन्द्रिय कार्यालय र सौराहा चोक टाँडी, पर्सा, नवलपुरको कावासोती तथा तनहुँको दमौली र पोखरा शाखामा उनिहरुले प्रत्येक्ष रुपमा परामर्श दिएका हुन् । इरिको ओगावा नेतृत्वको टोलीले जापानका युनिभर्सिटी र कलेजका बिषयमा जानकारी दिनुका साथै विद्यार्थीलाई प्रत्येक्ष अन्तवार्ता समेत लिएका छन् ।

२०२३ जनवरी र अप्रिल इन्टेकका लागि विद्यार्थीलाई आवश्यक सबै परामर्श जापनिजहरुले प्रत्येक्ष रुपमा दिएको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलाश पौडेल (वाइबी) ले बताउनुभयो । उहाँका अनुसार कोरोना (कोभिड १९) को महामारी पछि पहिलो पटक जापानका विभिन्न कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सेन्ट्रल कलेजको आग्रहमा यहाँ आएको वताउनुभयो ।

‘जापानकै कलेज युनिभर्सिटीका प्रतिनिधिको उपस्थितिमा परामर्श दिँदा सत्यतथ्य जानकारी प्राप्त हुनुका साथै विद्यार्थी स्वय आफै ढुक्क हुने हुँदा सेन्ट्रल कलेजले जापनिजको प्रत्येक्ष परामर्शलाई प्राथमिकता दिएको छ’,पौडेलले भन्नुभयो ।

IMG-74c9740d2e1fb85e4c4e305a6a85bf31-V.webp

स्थापना कालदेखि नै जापानमा विद्यार्थी पठाउँदै आएको कलेजले अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, यूरोप, दक्षिण कोरिया लगायतका देशमा विद्यार्थी अध्ययनका लागि शैक्षिक परामर्श र अन्य भिजा प्रोसेसिङका कामसमेत धमाधम गरिरहेको छ ।

विभिन्न देशका कलेज, युनिभर्सिटीसंँग सहकार्य गरिसकेको बताउंँदै पौडेलले अष्ट्रेलिया, क्यानडा, युकेका जुनसुकै शहरमा नेपालीले रोजेको बिषयमा पढ्न जान सेन्ट्रल कलेजको माध्यमबाट आवश्यक प्रोसेसिङका काम गर्न सकिने पौडेलले बताउनुभयो । सेन्ट्रल कलेजले हालसम्म सयौं विद्यार्थीलाई सेवा दिइसकेको उहाँको भनाई छ । कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु संचालन भइरहेका छन् ।

कलेजबाट एक साता अघि मात्रै उच्च शिक्षा अध्ययनका लागि जापान जान लागेका ३ सय विद्यार्थीहरुले एकैपटक न्याट टेष्ट परीक्षा दिएका दिएका थिए ।

नेपालका विभिन्न जिल्लामा शाखा रहेको सेन्ट्रल कलेजले जापानको नागोया सिटीमा सम्पर्क कार्यालय संचालनमा ल्याएको जनाएको छ । यस्तै टोकियो, ओसाका र फुकुवामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको कलेजले जानकारी दिएको छ । जापानमा स्थापना भएका सम्पर्क कार्यालयले यहाँबाट गएका विद्यार्थीलाई आवश्यक सहयोग गर्ने प्रिन्सिपल पौडेलले बताउनुभयो ।

कलेजले यसअघि नै पत्रकार सम्मेलनको आयोजना गरेर विद्यार्थीलाई छुट दिने घोषणा गरिसकेको छ । दलित, जनजाति, सिमान्तकृत समुदाय, खेलाडी, महिला तथा अन्य जिल्लाबाट चितवन वा नवलपुरमा डेरा गरी बस्दै आएका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान चाहेमा सहुलियत दिने कलेजले जनाएको छ । प्रिन्सिपल पौडेलले विद्यार्थीको आर्थिक अवस्था हेरेर न्यूनतम १० हजार रुपैयाँ भन्दा बढी छुट दिने घोषणा गर्नुभएको हो ।

कलेजले रक्तदान, लागु पदार्थ दुव्र्यसनी बिरुद्धका अभियान,ट्राफिक सचेतना,नेतृत्व विकास लगायतका कार्यक्रममा अग्रसर भएर काम गरिरहेको छ । विशेषगरी खेलकुदलाई प्राथमिकता राखेर स्थानिय स्तरमा हुने प्रतियोगिताहरुमा सेन्ट्रल कलेजले सहकार्य गर्ने गरेको छ । हाल १ हजार बढी विद्यार्थीले भाषा कक्षा लिइरहेको कलेजले जनाएको छ ।

 
 

images
प्रकाशित मिति :श्रावण २६, २०७९ बिहिवार - २०:५०:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology