Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विविध साँस्कृतिक कार्यक्रम सहित चितवनमा २८ औं आदिवासी दिवस मनाईने

विविध साँस्कृतिक कार्यक्रम सहित चितवनमा २८ औं आदिवासी दिवस मनाईने

इच्छाकामना न्युज

२३, श्रावण २०७९
विविध साँस्कृतिक कार्यक्रम सहित चितवनमा २८ औं आदिवासी दिवस मनाईने
images

चितवन । नेपाल आदिवासी जनजाती महासंघ चितवनले विविध कार्यक्रम गरेर २८ औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाउने भएको छ ।

images
images

महासंघले आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर दिवसका कार्यक्रम बारे जानकारी दिएको हो । महासंघ चितवनका कार्यबाहक अध्यक्ष महेन्द्र दुराले साउन २४ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहल कार्यक्रम हुने जानकारी दिए ।

बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक भाषा र लोकभाकामा बनेका गीतहरु प्रस्तुत गरिने जानकारी दिए । यस्तै साँस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिने उनले बताए ।

आदिवासी जनजातिहरुले आ-आफ्नो सँस्कृति झल्किने पोषाकमा झाँकी तथा नाच प्रस्तुत गर्ने उनले बताए । आदिवासी जनजातिहरुको धार्मिक पहिचान स्थापित गर्न, राज्यका हरेक निकायमा समानुपातिक समावेसीको सिद्धान्तको आधारमा सम्मानजनक सहभागितालगायतका मुद्धालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बहस गर्ने अवसरको रुपमा दिवस मनाउने गरिएको उनले बताए ।

‘पहिचान, पहुँच, प्रतिनिधित्व र समावेशीकरणको लागि आदिवासी जनजाति आन्दोलन, जाति, भाषा, धर्म र सँस्कृति संरक्षणको लागि देशव्यापी राष्ट्रिय जागरण’ भन्ने मूल नाराका साथ २४ गते अन्तराष्ट्रिय विश्व आदिवासी दिवस मनाईँदैछ ।

images
प्रकाशित मिति :श्रावण २३, २०७९ सोमवार - ०९:४३:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology