Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

फोनिज गण्डकीद्वारा संचालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७९’ पत्रकार उदय अमात्य र आश गुरुङलाई प्रदान गरिने

फोनिज गण्डकीद्वारा संचालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७९’ पत्रकार उदय अमात्य र आश गुरुङलाई प्रदान गरिने

images

इच्छाकामना न्युज

२२, श्रावण २०७९
फोनिज गण्डकीद्वारा संचालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०७९’ पत्रकार उदय अमात्य र आश गुरुङलाई प्रदान गरिने
images

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार-२०७९’ उदयबहादुर अमात्य (कास्की) र आश गुरुङ (लमजुङ) लाई प्रदान गरिने भएको छ ।

प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार महासंघको आईतबारको बैठकले नाम अनुमोदन गरेको अध्यक्ष रुद्र श्रीस मगरले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ ।

अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिको सदस्यमा पत्रकार एमबी आस्था मगर, शान्ति गुरुङ तथा रुद्र श्रीस मगर र धनबहादुर गुरुङ थिए ।

पुरस्कृत हुने आमात्य गण्डकी प्रदेशको एकमात्र नेपाल भाषा मासिक पत्रिका पोखरायाः भिन्तुनाका प्रकाशक तथा प्रधानसम्पादक हुन् । गुरुङ कान्तिपुर दैनिकका लागि लमजुङबाट काम गर्छन् । उनीहरुलाई साउन २७ मा पोखरामा समारोह आयोजना गरी पुरस्कृत गरिनेछ ।

पोखराका प्रतिष्ठित व्यवसायी बिमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष सो पुरस्कार प्रदान गरिँदै आएको छ ।

यसअघि बागलुङका राजेन्द्रमान राजभण्डारी र कास्कीका रुद्रबहादुर थापा, कास्कीका शान्ति गुरुङ र नवलपुरका केबी रानालाई सो पुरस्कार अर्पण गरिसकिएको छ ।

images
प्रकाशित मिति :श्रावण २२, २०७९ आइतवार - २१:०७:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology