Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सेन्ट्रल कलेजका ३ सय बढि विद्यार्थीले जापान जान एकैपटक न्याट टेष्ट परीक्षा दिए

सेन्ट्रल कलेजका ३ सय बढि विद्यार्थीले जापान जान एकैपटक न्याट टेष्ट परीक्षा दिए

images

इच्छाकामना न्युज

२१, श्रावण २०७९
सेन्ट्रल कलेजका ३ सय बढि विद्यार्थीले जापान जान  एकैपटक न्याट टेष्ट परीक्षा दिए
images

चितवन । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि चितवनबाट उच्च शिक्षा अध्ययनका लागि जापान जान लागेका ३ सय विद्यार्थीहरुले एकैपटक न्याट टेष्ट परीक्षा दिएका छन् । आज (शनिवार) भरतपुर ओरालोमा रहेको एनपिआई कलेजमा विद्यार्थीले परीक्षा दिएका हुन् ।

न्याट टेष्ट परीक्षा जापानका युनिभर्सिटी, कलेज, स्कूल र इमिग्रेशन तथा एम्बेस्सीको मापदण्ड पुरा गर्न यो परीक्षा लिने गरिन्छ । यो टेष्ट दिएका विद्यार्थीलाई जापान जान सजिलो हुने सेन्ट्रल कलेज अफ भोकेशनल टेनिङ प्रा.लि का प्रिन्सिपल यज्ञ विलाश पौडेल (वाइबी) ले जानकारी दिनुभयो ।

‘न्याट टेष्टलाई जापानका युनिभर्सिटी कलेजले पनि प्राथमिकतामा राखेका छन्,पौडेलले भन्नुभयो’,यो परीक्षामा सेन्ट्रल कलेजले विगत १० बर्षदेखि विद्यार्थीलाई सहभागी गराउँदै आएको छ ।’

सेन्ट्रल कलेजमा भाषा कक्षा लिएका विद्यार्थीहरुले बर्षैनी उत्कृष्ट नतिजा हाँसिल गर्दै आइरहेका छन् । राम्रो भाषाको ‘कक्षा लिएका विद्यार्थीहरुलाई जापानमा स्कलरसिप, ‘फि’ मा छुट र काम पाउन धेरै सजिलो हुन्छ’,पौडेलले भन्नुभयो ।

central-2-scaled.webp

स्थापना कालदेखि नै जापानमा विद्यार्थी पठाउँदै आएको कलेजले अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, यूरोप, दक्षिण कोरिया लगायतका देशमा विद्यार्थी अध्ययनका लागि शैक्षिक परामर्श र अन्य भिजा प्रोसेसिङका कामसमेत धमाधम गरिरहेको छ ।

विभिन्न देशका कलेज, युनिभर्सिटीसंँग सहकार्य गरिसकेको बताउंँदै पौडेलले अष्ट्रेलिया, क्यानडा, युकेका जुनसुकै शहरमा नेपालीले रोजेको बिषयमा पढ्न जान पाउने बताउनुभयो । सेन्ट्रल कलेजले हालसम्म सयौं विद्यार्थीलाई सेवा दिइसकेको उहाँको भनाई छ । कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु संचालन भइरहेका छन् ।

नेपालका विभिन्न जिल्लामा शाखा रहेको सेन्ट्रल कलेजले जापानको नागोया सिटीमा सम्पर्क कार्यालय संचालनमा ल्याएको जनाएको छ । यस्तै टोकियो, ओसाका र फुकुवामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको कलेजले जानकारी दिएको छ । जापानमा स्थापना भएका सम्पर्क कार्यालयले यहाँबाट गएका विद्यार्थीलाई आवश्यक सहयोग गर्ने प्रिन्सिपल पौडेलले बताउनुभयो ।

कलेजले यसअघि नै पत्रकार सम्मेलनको आयोजना गरेर विद्यार्थीलाई छुट दिने घोषणा गरिसकेको छ । दलित, जनजाति, सिमान्तकृत समुदाय, खेलाडी, महिला तथा अन्य जिल्लाबाट चितवन वा नवलपुरमा डेरा गरी बस्दै आएका विद्यार्थीलाई वैदेशिक अध्ययनमा जान चाहेमा सहुलियत दिने कलेजले जनाएको छ । प्रिन्सिपल पौडेलले विद्यार्थीको आर्थिक अवस्था हेरेर न्यूनतम १० हजार रुपैयाँ भन्दा बढी छुट दिने घोषणा गर्नुभएको हो ।

कलेजले रक्तदान, लागु पदार्थ दुव्र्यसनी बिरुद्धका अभियान,ट्राफिक सचेतना,नेतृत्व विकास लगायतका कार्यक्रममा अग्रसर भएर काम गरिरहेको छ । विशेषगरी खेलकुदलाई प्राथमिकता राखेर स्थानिय स्तरमा हुने प्रतियोगिताहरुमा सेन्ट्रल कलेजले सहकार्य गर्ने गरेको छ ।

शहिदचोकको प्रेस मार्गमा मुख्य कार्यालय रहेको कलेजको सौराहा चोक, पर्सा, कावासोती नवलपुरमा सम्पर्क कार्यालय छन् । हाल १ हजार बढी विद्यार्थीले भाषा कक्षा लिइरहेका छन् । आगामी बर्ष २०२३ को जनवरी तथा अप्रिल इन्टेकका लागि भर्ना खुल्ला गरिएको सेन्ट्रल कलेजले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :श्रावण २१, २०७९ शनिवार - २१:१२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology