Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आसपास ठूलो वर्षा भएसँगै मेलम्ची तटीय क्षेत्र बाढीको जोखिममा, सतर्कता अपनाउन आग्रह 

आसपास ठूलो वर्षा भएसँगै मेलम्ची तटीय क्षेत्र बाढीको जोखिममा, सतर्कता अपनाउन आग्रह 

images

इच्छाकामना न्युज

२१, श्रावण २०७९
आसपास ठूलो वर्षा भएसँगै मेलम्ची तटीय क्षेत्र बाढीको जोखिममा, सतर्कता अपनाउन आग्रह 
images

देवराज सुवेदी, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको घुम्थाङ, धाप र नाकातेआसपासका स्थानमा ठूलो वर्षा भएको छ । पछिल्लो ६ घण्टादेखि ठुलो वर्षा मापन गरिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले मेलम्ची, बलेफि र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । साथै कमजोर भिरालो जमिनमा पहिरो समेत जान सक्ने भन्दै महाशाखाले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन  आग्रह गरेको हो ।

अहिले मेलम्चीमा पानिको बहाव बढेर हेलम्बु र मेलम्ची बजारको सडक सम्पर्क टुटेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । त्यस्तै जुरे क्षेत्रमा लेदो सहितको माटो झरिरहेकाले यातायात सञ्चालनमा अवरोध भएको जिल्लाका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । 

यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर २  निबु गाँउमा गएराति पहिरो जाँदा भोटेचौर–काउले सडक अबरुद्ध  भएको छ ।  त्यस्तेै केहि घर जोखिममा परको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । त्यहाँका परिवारलाई सुरक्षितस्थानमा सारिएको प्रहरीले बताएको छ ।

images
प्रकाशित मिति :श्रावण २१, २०७९ शनिवार - ०९:०९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology