Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

सत्तारुढ दलमा गठबन्धन गर्ने समझदारी 

सत्तारुढ दलमा गठबन्धन गर्ने समझदारी 

images

इच्छाकामना न्युज

२०, श्रावण २०७९
सत्तारुढ दलमा गठबन्धन गर्ने समझदारी 
images

काठमाण्डौ । आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन गर्ने समझदारी सत्तारुढ दलमा भएको छ । निर्वाचनमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन भएको नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो ।

कार्यदल सदस्यमा नेपाली काँग्रेसबाट गगनकुमार थापा, ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादीबाट वर्षमान पुन र देव गुरुङ रहेका छन्  ।

त्यस्तै एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल रहेका छन् भने जसपाबाट रामसहाय प्रसाद यादव र रकम चेम्जोङ सदस्यमा रहेका छन् ।  राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

कार्यदलका सदस्यले सिट बाँडफाँटका विषयमा प्रस्ताव तयार पार्ने छन् । कार्यदलले तयार गरेको प्रस्तावको आधारमा नै सिट बाँडफाँड गरिने महासचिब भुसालले बताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - १९:१५:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology