Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मेरो भ्वाईसकप युएसए सिजन २ मा गायनको जादु चलाउदै सम्राट गुरुङ

मेरो भ्वाईसकप युएसए सिजन २ मा गायनको जादु चलाउदै सम्राट गुरुङ

इच्छाकामना न्युज

२०, श्रावण २०७९
मेरो भ्वाईसकप युएसए सिजन २ मा गायनको जादु चलाउदै सम्राट गुरुङ
images

काठमाण्डौ । नेपालको स्याङ्गजा जिल्ला स्थित फेदिखोला गाउँपालिका वडा नं. १ को रामकोटमा जन्मिएका २५ वर्षीय सम्राट गुरुङ यतिबेला मेरो भ्वाईस कप युएसए सिजन २ मा आफ्नो गायनको जादु चलाउदै अघि बढेको छ । 

images
images

इन्ट्रा फाउण्डेशन अमेरिकाको आयोजनामा संचालित मेरो भ्वाईस कप युएसए सिजन २ का लागि छानिएका ६० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी टप ९ मा पर्न सफल भएका छन् । 

सम्राटको जन्म स्याङ्गजामा भएपनि बाल्यकाल भने पोखरा घारिपाटनमा बितेको थियो । पोखरा स्थित गण्डकी बोर्डिङबाट १२ कक्षा उर्तीण गरेका गुरुङ २०७३ सालमा सफ्टवेयर इन्जिनियरिङ्ग अध्ययनको लागि अमेरिका गएका थिए । हाल उतै अध्ययन गरिरहेका उनले सन् २०२१ सेप्टेम्बरमा युएसए आर्मीमा समेत ज्वाईन भएका छन्।

सानैदेखि गीत संगीतमा रुचि राख्ने सम्राटलाई बाबा मोहन गुरुङले घरमा गितार बजाउदै गीत गाएको देखेर सुनेर नै गीतसंगीतमा झन् बढि लगाव बस्यो । यसैले पनि उनले आफ्नो सांगेतिक जिवनको गुरु बाबालाई नै मान्छन्।

यतिबेला भने उनै सम्राट गुरुङ मेरो भ्वाईस कप युएसए सिजन २ को टप ८ मा पर्न अभ्यस्त छन् । यद्यपी उनलाई अब टप ८ हुदै विजेतासम्मको यात्रा तय गर्न भोटिङको आवश्यकता पर्ने हुन्छ । 

यसैले प्रतियोगितामा फाईनलसम्मको यात्रा तय गर्नको लागि आवश्यक पर्ने भोट हालिदिन उनले सबैसँग आग्रह गरेका छन्।
यस्तै उनका साहिला बाबा र सहिली आमा (साइला साइली होमस्टेका संचालक)ले समेत छोरालाई जिताउनका लागि स्याङ्जा र पोखरा बजारमा भोट हालिदिनुहुनका लागि अनुरोध गर्दै अभियान चलाएका छन् ।

289782997_2359625294186303_2866365215768207785_n.jpg

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - ०८:३९:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology