Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

रुपन्देहीमा पतिले बलात्कार गरेको भन्दै पत्नीद्वारा उजुरी

रुपन्देहीमा पतिले बलात्कार गरेको भन्दै पत्नीद्वारा उजुरी

इच्छाकामना न्युज

१८, श्रावण २०७९
रुपन्देहीमा पतिले बलात्कार गरेको भन्दै पत्नीद्वारा उजुरी

रुपन्देही । रुपन्देहीमा बैबाहिक बलात्कार विरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पति विरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन । 

images

तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलमा पुगेर पीडित महिलाले गत मंगलवार आफ्नै पत्नीले बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी हुन्। 

डीएसपी ठगबहादुर केसीका अनुसार चौधरी थरकी ती महिलाले ६ महिनादेखि मादक पदार्थ तथा लागूपदार्थ खाएर कुटपिट गर्नाका साथै आफू बिरामी हुँदा पनि श्रीमानले इच्छाविपरीत जबर्जस्ती करणी गरेको आरोप लगाएकी छन्। 

सो अत्याचारबारे  परिवारजन र आफन्तलाई  जानकारी गराउँदा पनि वास्ता नगरे पछि प्रहरीसमक्ष उजुरी गर्न आएको महिलाले बताएकी छिन् ।  उजुरी लगत्तै सो बारेमा अनुसन्धान जारी राखिएको प्रहरीको भनाइ छ । आफ्नै पत्नीलाई समेत  इच्छाविपरीत जबर्जस्ती करणी गरे ५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको छ। 

 

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - १०:०४:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology