पवित्रा पराजुली, नवलपुर । भल निकासको उचित ब्यवस्था नहुँदा नवलपरासी पूर्वको गैँडाकोट क्षेत्र प्रत्यक वर्ष डुबानमा पर्ने गरेको छ । गैँडाकोट नगरापालिका वडा नम्बर २, ४ र ६ मा हरेक वर्ष डुबान हुने गरे पनि यसको उचित ब्यवस्था गर्न सकिएको छैन ।
वर्षात्को पानी निकासको ब्यवस्था नहुँदा गैँडाकोट क्षेत्रका डेढ सय घर डुबानमा परेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ ।ढल र भल निकासका लागि नगरपालिकाले ह्युम पाईम राखेको भए पनि स्थानीयवासीले निकालेका कारण डुबानको समस्या भएको नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो ।
डुबानको समस्या समाधान गरिदिन गँैडाकोटवासीले आग्रह गरेका छन् ।