Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सप्तकोसी नदी उदयपुरको बेलका–८ डुम्रिबोटेबाट पश्चिमतर्फ बस्तीमा पस्यो 

सप्तकोसी नदी उदयपुरको बेलका–८ डुम्रिबोटेबाट पश्चिमतर्फ बस्तीमा पस्यो 

images

इच्छाकामना न्युज

१८, श्रावण २०७९
सप्तकोसी नदी उदयपुरको बेलका–८ डुम्रिबोटेबाट पश्चिमतर्फ बस्तीमा पस्यो 
images

उदयपुर । सप्तकोसी नदी आज बिहानबाट उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको छ । पूर्र्वी पहाडमा लगातारको वर्षात्सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी पसेको हो ।

डुम्रिबोटेमा कटान गर्दै आएको कोसी सोही स्थानबाट बेलका नगरपालिकाका क्षेत्रमा पसेको स्थानीयले बताएका छन् । कोसी पश्चिम पसेसँगै बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलङ्का टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती जोखिममा परेका छन् ।

नगरपालिकाले दुई दिनयता ती क्षेत्रका सर्वसाधणलाई सुरक्षित स्थानतर्फ जानका लागि सूचना जारी गरिरहेको नगर प्रमुख अशोक कार्कीले बताउनुभयो । उहाँका अनुसार अब तटीय क्षेत्रका २० हजारभन्दा बढी जनसङ्ख्या विस्थापनको उच्च जोखिमा छन् । अहिले करिब २० मिटर कटान गरेर कोसीको भङ्गालो पश्चिम पसेको छ ।

कटान जारी रहेकाले धारै परिर्वतन हुन सक्ने खतरा रहेको स्थानीयले बताएका छन् । अहिलेको अवस्थामा धारै परिर्वतन हुँदा छिमेकी जिल्ला सप्तरीको सप्तकोसी र कन्चनरुप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्नसक्ने बताईएको छ ।

जोखिम क्षेत्रका सर्वसाधारणलाई घर छाडेर सुरक्षित स्थानमा जान सूचना जारी गरिएको नगरप्रमूख कार्कीले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - ०९:०८:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology