Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लियो क्लब अफ रत्ननगर बेल्सीको रक्तदान कार्यक्रम

लियो क्लब अफ रत्ननगर बेल्सीको रक्तदान कार्यक्रम

images

इच्छाकामना न्युज

१७, श्रावण २०७९
लियो क्लब अफ रत्ननगर बेल्सीको रक्तदान कार्यक्रम
images

रत्ननगर । लियो क्लब अफ रत्ननगर बेल्सीको आयोजना एवं सफा ऊर्जा उत्पादन प्रालि, चियादानी, जय गणेश ट्रेडर्स, शान्ति गणेश युबा क्लब र ग्रामीण पोष्टको सहयोगमा रत्ननगर–१ स्थित चियादानी परिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष प्रकाश शाहको अध्यक्षता एवं रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चार महिलासहित ४३ जनाले रक्तदान गरेका थिए ।  

296450636_1014358599225594_5120355368657844745_n.jpg

शान्ति गणेश युवा क्लबका सचिव अभिषेक खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा चियादानीका सञ्चालक नवराज अधिकारी, लियो क्लब जिल्ला परिषद् ३२५ आर नेपालका अध्यक्ष पुरुषोत्तम सुवेदी, क्षेत्रीय प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुरका प्रतिनिधि विकास गुरूङ पिआरओ पुजन अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्लबका सचिव देवेन्द्र सिंखडाको संयोजकत्वमा भएको कार्यक्रममा अध्यक्ष शाहले लियो क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

images
प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - २२:२३:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology