Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

वर्षाको वितण्डा

मुग्लिन–नारायणगढ सडकखण्डको ठाउँ–ठाउँमा पहिरो, आज दिनभर सडक खुल्न नसक्ने

मुग्लिन–नारायणगढ सडकखण्डको ठाउँ–ठाउँमा पहिरो, आज दिनभर सडक खुल्न नसक्ने

images

इच्छाकामना न्युज

१७, श्रावण २०७९
मुग्लिन–नारायणगढ सडकखण्डको ठाउँ–ठाउँमा पहिरो, आज दिनभर सडक खुल्न नसक्ने
images

चितवन । रातभर परेको लगातारको बर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ५ स्थित २ नंं. पुल, ३ नं. पुल, भरतपुर महानगरपालिका २९ स्थित केराबारी र १७ किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।  

ठूलो पहिरो खसेका कारण पहिरो पञ्चाउन समय लाग्ने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो ।

pahiro.jpg

राती ११ बजे खसेको पहिरो लगातार पानी परिरहेका कारण विहानबाट मात्रै पन्छाउन सुरु गरिएको छ । पहिरो पन्छाउन दुईवटा जेसिभि प्रयोग भएका छन् । ठूलो पहिरो खसेका कारण सडक सूचारु हुन दिनभर समय लाग्न सक्ने प्रहरीले जनाएको छ ।

यस्तै पहिरोमा सवारी साधन समेत परेको छ । केराबारीमा ना ६ ख ४५७२ नं. को १२ चक्के ट्रक पहिरोमा परेको सडक सुपरभाईजर रन्जिला क्षेत्रीले जानकारी दिए। उनका अनुसार पहिरोमा मोटरसाईकल १  वटा र म्याजिक गाडी १ वटा परेको छ भने घरहरुमा समेत क्षति पुगेको छ। यद्यपी मानवीय क्षति भने नभएको उनले बताए।

तस्विर सौजन्यः रन्जिला क्षेत्री

 

images
प्रकाशित मिति :श्रावण १७, २०७९ मंगलवार - ०७:२४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology