काठमाण्डौ, ५ पुस । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । संसद् सचिवालय स्रोतका अनुसार बिहानै भीम रावल र पम्फा भुसाल लगायतले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
यसअघि राष्ट्रपति समक्ष विशेष अधिवेशन आह्वान गर्दै दर्ता गराउन खोजेकोमा नमान्दा उक्त प्रस्तावलाई अविश्वासमा रुपान्तरण गरिएको प्रचण्ड, नेपाल समूहको दाबी छ । अविश्वासको प्रस्तावमा केही मन्त्रीहरूले पनि नाम लेखाएका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका ९० भन्दा बढी सांसद रहेका बताइएको छ । संसद् सचिवालय स्रोतका अनुसार आइतबार साढे १० बजेपछि अविश्वासको प्रस्तावदर्ता भएको हो ।