Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
२०८३, कार्तिक १७ गते
images

आँबुखैरेनीमा वेथिति

आँबुखैरेनी गाउँपालिकामा खाना र खाजा खर्च मात्रै ७६ लाख, भ्रमण खर्च २२ लाख

आँबुखैरेनी गाउँपालिकामा खाना र खाजा खर्च मात्रै ७६ लाख, भ्रमण खर्च २२ लाख

महालेखा भन्छ प्रायोजन नखोली नियमित विपरीत खर्च ग¥यो

images

इच्छाकामना न्युज

१३, श्रावण २०७९
आँबुखैरेनी गाउँपालिकामा खाना र खाजा खर्च मात्रै ७६ लाख, भ्रमण खर्च २२ लाख
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले खाना, खाजा र भ्रमणमा मात्रै झण्डै करोड रुपैयाँ खर्च गरेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयको ५९ औं प्रतिवेदनले आर्थिक वर्ष २०७७।०७८ मा गाउँपालिकाले नियमविपरित खाना, खाजा र भ्रमणमा मात्रै झण्डै करोड रुपैयाँ खर्च गरेको देखाएको हो।

प्रतिवेदन अुनसार गाउँपालिकाले उक्त आर्थिक वर्षमा अनुगमन तथा भ्रमण खर्च भनेर चालू खर्च शिर्षकबाट रु.२२ लाख ३० हजार खर्च गरेको छ तर भ्रमणको उद्देश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, भ्रमण अभिलेख, दुरीको विवरण, सवारी साधनको टिकट आदि नराखेको र जसका कारण अनुगमन तथा भ्रमणको सहि सदुपयोग भएको छ भन्ने आधार नरहेको उल्लेख छ।

यस्तै गाउँपालिकाले खाना तथा विविध खर्च शीर्षकबाट उक्त आर्थिक वर्षमा ७६ लाख रुपैयाँ खर्च गरेको देखाएको छ । गाउँपालिकाले खर्च देखाएपनि प्रमाणको रुपमा बिलमा पेश गरेकाले प्रायोजन विना खर्च गरेकोले कार्यलयकै काममा खर्च भएको भनेर भन्न सकिने यथार्थ प्रमाण नभएकोले  यस्तो प्रवृत्तिमा नियन्त्रण गरी खर्चमा मितव्ययिता कायम गर्नुपर्ने देखिएको जनाएको छ। 

कार्यालयले नियमित विपरित करारको कर्मचारी भर्ना गर्नुका साथै अतिरिक्त सुविधा वापत करार सहित हरेक कर्मचारीलाई ३ देखि ५ हजार रुपैयाँका दरले मासिक खाजा खर्च वापत २४ लाख ६० हजार रुपैयाँ एक वर्षमा भुक्तानी गरेको देखिएको छ भने पालिकाका १४ जना पदाधिकारीलाई समेत नियमविपरित ३ देखि ५ हजार रुपैयाँका दरले मासिक खाजा खर्च वापत ८ लाख ४० हजार रुपैयाँ एक वर्षमा भुक्तानी गरेको देखिएको छ। 

यसले गाउँपालिकालाई आर्थिक व्ययभार पर्न गएकोले यस्तो कार्य नगर्न महालेखाले प्रतिवेदनमा जनाएको छ । 

bhattaaa.jpg

images
प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - १०:४३:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology