Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
२०८३, कार्तिक १७ गते
images

जापानमा पेन्सनपट्टा फिल्म प्रदर्सनबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण

जापानमा पेन्सनपट्टा फिल्म प्रदर्सनबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण

images

इच्छाकामना न्युज

१६, कार्तिक २०८३
जापानमा पेन्सनपट्टा फिल्म प्रदर्सनबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण
images

काठमाडौ । प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा स्वदेश तथा विदेशमा रहेका विभिन्न गुरुङ संघ संस्थाहरुद्वारा सहयोग आउने क्रम जारी छ । यसैबिच तमू धीं जापान तथा एनआरएनएटीभी नेपाल, न्यू आईटी भेन्चर, नेपाल जापान डटकम र परिवारका तर्फबाट जापानमा नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनबाट संकलन भएको रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरेको छ ।

तमू धीं जापान तथा माओत्से गुरुङ फिल्मस्को तर्फबाट चलचित्र प्रदर्शनबाट संकलित एक लाख ७१ हजार ५५ येन अर्थात् नेपाली रुपैयाँमा करिब एक लाख ७१ हजार सहयोग गरेको छ । उक्त रकम शुक्रबार दिउँसो १ बजे विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेको हो ।

प्राकृतिक विपद्मा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले पुन थप रकम उपलब्ध गराउन लागिएको तमू धीं जापानले जनाएको छ । यसअघि पनि तमू धीं जापानले चार लाख ५९ हजार येन तथा एनआरएनएटीभी नेपाल, न्यू आईटी भेन्चर, नेपाल जापान डटकमले एक लाख १९ हजार दुई सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरि सकेको बताएको छ । राहत कोषमा जम्मा हुने रकम बाढीपहिरो पीडितको पुनःस्थापना तथा आवश्यक आधारभूत सेवामा उपयोग हुने विश्वास संस्थाले व्यक्त गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०८३ आइतवार - १३:०८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology