चितवन । तमू प्ये ल्हु संघ महिला समिति चितवनले जिल्लामा इकाई समिति विस्तार गरेको छ । समितिले सोमबार एक भेलाको आयोजना गरि भरतपुर महानगरपालिका २९ स्थित भोर्लेमा इकाई समिति विस्तार गरेको हो।
भेलाले अनिता गुरुङको अध्यक्षतामा १५ सदस्यीय तमू प्ये ल्हु संघ महिला समिति चितवनको भोर्ले इकाई समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा बिजयता गुरुङ, सचिवमा सुनिता गुरुङ, कोषाध्यक्षमा सान्नानी गुरुङ, सह–सचिवमा रश्मी गुरुङ, सह–कोषाध्यक्षमा गुनिमाया गुरुङ, सदस्यहरुमा सुक मायाँ गुरुङ, लक्ष्मी गुरुङ, मेख माया गुरुङ, लक्ष्मी गुरुङ, पुजना गुरुङ, कृष्ण गुरुङ, ज्ञानु गुरुङ र सबिना गुरुङ चयन भएको छ ।
भेलाको अध्यक्षता अनिता गुरुङले गरेको थियो भने प्रमुख अतिथिमा तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष लाल प्रसाद गुरुङ, विशिष्ट अतिथिमा जिल्ला समिति सल्लाहकार तुलाराम गुरुङ रहेका थिए।
यस्तै कार्यक्रममा तमू प्ये ल्हु संघ महिला समिति चितवनका अध्यक्ष इन्द्रा गुरुङ, तमू प्ये ल्हु संघ चितवनका जिल्ला वरिष्ठ उपाध्यक्ष शान्ति गुरुङ, सचिव नारायण गुरुङ, सह–सचिव कृष्ण गुरुङ, भोर्ले इकाई समितिका अध्यक्ष कविराज गुरुङ लगायतको उपस्थिति रहेको थियो।