Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
२०८३, कार्तिक १७ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनी ५ का ५३ घर परिवारलाई कोभिड राहत वितरण

आँबुखैरेनी ५ का ५३ घर परिवारलाई कोभिड राहत वितरण

images

इच्छाकामना न्युज

१२, श्रावण २०७९
आँबुखैरेनी ५ का ५३ घर परिवारलाई कोभिड राहत वितरण
images

आँबुखैरेनी । आँबुखैरेनी गाँउपालिकाले विपन्न परिवारलाई कोभिड राहत वितरण गरेको छ । कोभिड–१९बाट पिडित विपन्न परिवारलाई राहत वितरण शुरु गरिएको हो । पालिकाका अध्यक्ष शुक्र चुमानले पिडित परिवालाई एक कार्यक्रम गरेर रकम हस्तान्तरण गरेका हुन् । सो रकम हस्तान्तरण गर्दै अध्यक्ष चुमानले पालिकाले साहारा विहीन नागरिकको साहार बन्ने बताए ।

कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत गोपी कृष्ण अर्याल वडा नं. ५ का वडा अध्यक्ष संतोष गुरुङ स्वास्थ्य शाखा प्रमुख अगम राज उपाध्यायस्वास्थ्य शाखा साहयक प्रमोद शाह,ल्याव टेक्नीसियन अमृत पण्डितर अनमी मन्दिरा अधिकारीको कार्यक्रममा सहभागिता रहेको थियो । पालिकाले प्रति ब्यक्ति १० हजार रुपयाँका दरले राहत वितरण गरेको जनाएको छ ।

295705894_422388533248967_5506178164509093848_n.jpg

बुधबार मात्रै पालिकाको वडा नं. ५ का ५३  परिवारलाई राहत वितरण गरिएको आँबुखैरेनी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यले बताए । कोभिड–१९ बाट प्रभावित पालिकाभरीका २ सय ७० जना विपन्न परिवारलाई २७ लाख रुपया राहत वितरण गरिने स्वास्थ्य शाखा प्रमुख उपाध्ययले बताए । कोभिड–१९बाट पिडित अत्ति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यक्रम वडा नं १ देखि ६ सम्म बाड्ने तयारी रहेको समेत पालिकाले जनाएको छ ।

 

images
प्रकाशित मिति :श्रावण १२, २०७९ बिहिवार - ०७:४१:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology