चितवन । नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवनको सदस्यमा इच्छाकामना गाउँपालिकाका २ जना मनोनित भएका छन्। मनोनित हुनेहरुमा इच्छाकामना गाउँपालिका वडा नंं ५ का विष्णु कुँवर जिल्ला कार्यसमिति सदस्य र इस्लामदिन मिया आमन्त्रित जिल्ला सदस्यमा मनोनित भएका हुन्।
बुधबार एक विज्ञप्ती जारी गर्दै उनीहरुलाई जिल्ला सदस्यमा मनोनित गरेको नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिएको छ ।
