गोरखा । गोरखाको शहीद लखन गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताका प्राप्त गर्ने लाभग्राहीहरुको परिचय पत्र नवीकरण र सुचिकृत गर्न शिविर सञ्चालन गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ९ ले वडा भित्र रहेका जेष्ठ नागरिक, अशक्त/अपांगता भएका व्यक्ति, एकल महिला, लोपोन्मुख जातजाती लगायत राज्यले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएका लाभग्राहीको परिचय पत्र नवीकरणका लागि शिविर सञ्चालन गरेको वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै शिविरबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नयाँ लाभग्राही सुचिकृत गर्ने कार्य समेत भइरहेको उहाँले बताउनुभयो । वडा कार्यालयले टोलटोलमा गएर लाभग्राहीको पहिचान गरि आबश्यक काजगपत्र संकलन गर्ने सूचिकृत गर्ने गरि काम सेवा दिइरहेको उहाँको भनाई छ । यहीँ साउन ९ गतेदेखि सुरु भएको शिविर साउन १७ गतेसम्म सञ्चालन हुने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।