Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बाजुराको छेडेदहका नागरिकले नियमित बिजुली बाल्न पाएनन् 

बाजुराको छेडेदहका नागरिकले नियमित बिजुली बाल्न पाएनन् 

इच्छाकामना न्युज

१०, श्रावण २०७९
बाजुराको छेडेदहका नागरिकले नियमित बिजुली बाल्न पाएनन् 
images

मीनबहादुर खड्का, बाजुरा । विद्युत जडान गरेको ८ वर्ष बितिसक्दा पनि बाजुराको खप्तड छेडेदहका नागरिकले नियमित बिजुली बाल्न पाएका छैनन् । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानीयको  घरमा बिजुली जोडिए पनि अनियमित हुँदा सेवाग्राहीलाई समस्या भएको हो ।

images
images

बिजुली पु¥याउने गरि खप्तड छेडेदह गाउँपालिकामा आठ वर्षअघि बार्जुगाड जलविद्युत आयोजना सञ्चालनमा आएको थियो । सल्लाको झरो र टुक्की बाल्दै आएकाहरूमा पहिलो पटक बिजुली बल्दा खुसीको सीमा थिएन । तर हिजोआज बिजुली नियमित नभएको गुनासो उनीहरूको छ । बार्जुगाड जलविद्युत आयोजना ब्यवस्थापन समितिले अवरुद्ध भएको बिजुली बाल्नका लागि चासो नदिएको स्थानीयवासी राजेश सुनारले बताउनुभयो ।

आयोजनाको नहर भिरालो जमिनमा भएका कारण ठाउँठाउँमा भत्किएको छ । पाइप जोडेर वर्षात बाहेकका महिनामा बिजुली बाल्ने गरिएको छ । तर नहर भत्किएको तीनचार वर्ष बितिसक्दा पनि मर्मत भएको छैन । बन्द भएको जलविद्युत आयोजना सञ्चालनका लागि पहल भइरहेको व्यवस्थापनसमितिका अध्यक्ष जीवन रावतले बताउनुभयो ।

बाजुरालाई केन्द्रीय प्रसारण लाइनले जोडेको भनिए पनि अनियमित हुने समस्या दोहरिँदै आएको छ । अन्धकारमा बस्नुपर्दा सबैभन्दा धेरै विद्यार्थीहरू प्रभावित हुने गरेका छन् । 

images
प्रकाशित मिति :श्रावण १०, २०७९ मंगलवार - ०९:२१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology