Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवनको सेन्ट्रल कलेजले अष्ट्रेलिया सहित अन्य देशमा पनि विद्यार्थी पठाउन थाल्यो, विद्यार्थीलाई छुट अफर घोषणा

चितवनको सेन्ट्रल कलेजले अष्ट्रेलिया सहित अन्य देशमा पनि विद्यार्थी पठाउन थाल्यो, विद्यार्थीलाई छुट अफर घोषणा

images

इच्छाकामना न्युज

१०, श्रावण २०७९
चितवनको सेन्ट्रल कलेजले अष्ट्रेलिया सहित अन्य देशमा पनि विद्यार्थी पठाउन थाल्यो, विद्यार्थीलाई छुट अफर घोषणा
images

चितवन । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई छुट अफर ल्याएको छ । आज (सोमबार) भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कलेजले छुट अफर घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञविलास पौडेल ‘वाइबी’ले अध्ययनका लागि विभिन्न देशमा जान चाहाने दलित,जनजाती र पछाडि परेको समुदायलाई बिशेष छुट दिने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो,‘महिला विद्यार्थी र बाहिरी जिल्लाबाट चितवन, नवलपुरमा आएर डेर गरी बस्ने विद्यार्थीलाई पनि सौलियत प्रदान गरिनेछ ।’ यस्तै कलेजले विदेश अध्ययन गर्न जान चाहाने खेलाडीहरुलाई पनि बिशेष छुट प्रदान गर्ने प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो । जेहेनदार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विभिन्न युनिभर्सिटी र कलेजमा स्कलरसिपमा अध्ययनका लागि पठाइने छ,उहाँले भन्नुभयो ।

कलेजले बिगत १२ बर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेको छ । स्थापना कालदेखिनै जापानमा विद्यार्थी पठाउँदै आएको कलेजले अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्यूजरल्याण्ड, भारत, यूरोप, दक्षिण कोरिया लगायतका देशमा विद्यार्थी अध्ययनका लागि शैक्षिक परामर्श र अन्य भिजा प्रोसेसिङका कामसमेत सुरु गरेको पत्रकार सम्मेलनमा प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो । २०१० सालमा दर्ता भएर संचालन भएको कलेजले शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त गरेर सुरुवातका दिनमा होटल, इलेक्ट्रोनिक्स, कम्प्युटर लगायतका तालिम समेत प्रदान गर्ने गरेको थियो । विद्यार्थीलाई तालिम दिने, भाषा पढाउने र अध्ययनका लागि विदेश जानेहरुका लागि परामर्श र भिजा प्रोसेसिङका काम गर्ने उदेश्यले कलेज स्थापना भएको पौडेलले बताउनुभयो । हालसम्म सयौं विद्यार्थीलाई सेवा दिइसकेको उहाँको भनाई छ । कलेजमा जापनिज भाषा, आइएलटिएस, पिटिई लगायतका भाषा कक्षाहरु संचालन भइरहेका छन् ।

नेपालका विभिन्न जिल्लामा शाखा रहेको सेन्ट्रल कलेजले जापानको नागोया सिटीमा सम्पर्क कार्यालय संचालनमा ल्याएको जनाएको छ । एक महिनाभित्र टोकियो, ओसाका र फुकुवामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको कलेजले जानकारी दिएको छ । जापानमा स्थापना भएका सम्पर्क कार्यालयले यहाँबाट गएका विद्यार्थीलाई आवश्यक सहयोग गर्ने प्रिन्सिपल पौडेलले बताउनुभयो ।

सेन्ट्रल कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा सामाजिक कामहरु पनि निरन्तर गर्दै आइरहेको छ । रक्तदान, लागु पदार्थ दुव्र्यसनी बिरुद्धका अभियान,ट्राफिक सचेतना,नेतृत्व विकास लगायतका कार्यक्रममा सेन्ट्रल कलेजले अग्रसर भएर काम गरिरहेको छ । विशेषगरी खेलकुदलाई प्राथमिकता राखेर स्थानिय स्तरमा हुने प्रतियोगिताहरुमा सेन्ट्रल कलेजले सहकार्य गर्ने गरेको छ ।

images
प्रकाशित मिति :श्रावण १०, २०७९ मंगलवार - ०९:०५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology