Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

महोत्तरीमा लागुऔषध सहित एकैघरका श्रीमान, श्रीमती र आफन्त पक्राउ

महोत्तरीमा लागुऔषध सहित एकैघरका श्रीमान, श्रीमती र आफन्त पक्राउ

images

इच्छाकामना न्युज

८, श्रावण २०७९
महोत्तरीमा लागुऔषध सहित एकैघरका श्रीमान, श्रीमती र आफन्त पक्राउ
images

महोत्तरी । लागुऔषध सहित महोत्तरीमा एकै घरका ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली दुधौली १० बस्ने श्रीमान, श्रीमती प्रदिप सेन्चुरी र दिलमाया भुजेल, प्रदिपका आफ्न्त २२ बर्षिय विशाल सेन्चुरी पक्राउ परेका हुन् ।

आज अपरान्ह औरही कठुधारा स्थित प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनिहरुको साथवाट प्रतिबन्धित लागुऔषध नाइट्रोभेट -१० लेखिएको ९९ पिस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरिको अनुसार तिनै जना बर्दिबास-सम्सी सडक खण्डमा पैदल हिडदै गर्दा संकाका आधारमा चेकजाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो । पक्राउ परेका उनिहरु अहिले इलाका प्रहरि कार्यालय गौशालाको हिरासतमा छन ।

उनिहरुलाइ जिल्ला अदालत महोत्तरीवाट ५ दिनको म्याद थप गरि अनुसन्धान भैइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - २१:०१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology