Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गुट्खा खाएर जथाभावी थुक्नेलाई रोक्न बाराका सरकारी कार्यालयहरुका भित्तामा भगवानको फोटो

गुट्खा खाएर जथाभावी थुक्नेलाई रोक्न बाराका सरकारी कार्यालयहरुका भित्तामा भगवानको फोटो

पत्रपत्रिका

८, श्रावण २०७९
गुट्खा खाएर जथाभावी थुक्नेलाई रोक्न बाराका सरकारी कार्यालयहरुका भित्तामा भगवानको फोटो
images

बारा, ८ साउन । बाराका सरकारी कार्यालयका पर्खाल र भर्‍याङभरि भगवानका तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवान्का तस्बिर भित्तामा टाँस्नुपरेको हो ।

images
images
मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्‍याङ, पर्खाल र भित्ताका कुनामा तस्बिर टाँसिएका छन् । जथाभावी थुक्नेलाई पाँच सय रुपियाँ जरिवाना लिइने भनी लेखिएका पोस्टर झुन्ड्याइएका छन् तर त्यसको उपेक्षा हुँदै आएको छ ।
 
कतिपयले भगवान्का तस्बिर टाँसिएको स्थानमा समेत थुक्ने गरेको पाइन्छ ।नापी कार्यालय कलैयाका प्रमुख चन्दन दासले भन्नुभयो, “सेवाग्राहीलाई जथाभावी नथुक्न अनुरोध गर्‍यौँ तर अनुरोध नमानेपछि भर्‍याङका भित्तालाई सफा राख्न भगवान्का तस्बिर टाँस्नुपरेको हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - ०९:५२:४९ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology