Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सेन्ट्रल कलेजद्वारा चितवनसहित विभिन्न जिल्लाका ५० क्लबलाई फुटबल सहयोग

सेन्ट्रल कलेजद्वारा चितवनसहित विभिन्न जिल्लाका ५० क्लबलाई फुटबल सहयोग

images

इच्छाकामना न्युज

७, श्रावण २०७९
सेन्ट्रल कलेजद्वारा चितवनसहित विभिन्न जिल्लाका ५० क्लबलाई फुटबल सहयोग
images

चितवन, ७ साउन । चितवन जिल्ला र आसपासमा रहेका फुटवल अन्य क्लबहरुलाई सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेडिङ प्रालि शहिदचोकले फुटबल सहयोग गरेको छ । आज (शनिवार) भरतपुरमा आयोजित कार्यक्रम मार्फत कलेजले ५० क्लबलाई १ सय बढि फुटबल सहयोग गरेको हो ।

क्लबका प्रतिनिधिहरुलाई सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेडिङ प्रालिका प्रिन्सिपल यज्ञ विलास पौडेल ‘वाइबी’ ले फुटबल हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै प्रिन्सिपल पौडेलले सेन्ट्रल कलेज निरन्तर सामाजिक काममा सक्रिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘युवा र खेलकुदको क्षेत्रमा बर्षैदेखि सेन्ट्रल कलेजले काम गर्दै आएको छ,यसलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।’उहाँले खेलकुद र त्यसमा पनि फुटबललाई बिशेष प्राथमिकतामा राखेर सेन्ट्रल कलेजले सहयोगका कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

विभिन्न क्लबहरुले आयोजना गर्ने प्रतियोगितामा पुरस्कार र अन्य सामाग्री सेन्ट्रल कलेजले सहयोग गर्दै आइरहेको पौडेलको भनाई छ । कार्यक्रममा चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्कीले खेलकुदको क्षेत्रमा निरन्तर सहयोग गरिरहेको भन्दै सेन्ट्रल कलेजलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले शैक्षिक क्षेत्रमा लागेको संस्थाले खेलकुदको विकास र विस्तारका लागि गरेको सहयोग प्रशंसनिय रहेको धरणा राख्नुभयो ।

कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष र प्रतिनिधिहरुले विभिन्न समस्या र भोगाईबारे जानकारी प्रस्तुत गरेका थिए । सेन्ट्रल कलेज अष्ट्रेलिया,जापान,क्यानडा लगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श दिने उत्कृष्ट शैक्षिक संस्था हो ।

 

images
प्रकाशित मिति :श्रावण ७, २०७९ शनिवार - २१:०६:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology