Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

ओली–प्रचण्ड मिले आफुहरु एक मिनेटमै मिल्ने चितवनका संघिय सांसद पोखरेलको भनाई

ओली–प्रचण्ड मिले आफुहरु एक मिनेटमै मिल्ने चितवनका संघिय सांसद पोखरेलको भनाई

images
ओली–प्रचण्ड मिले आफुहरु एक मिनेटमै मिल्ने चितवनका संघिय सांसद पोखरेलको भनाई
images

हिरालाल आचार्य ‘डायमण्ड’, चितवन, ४ पुस । प्रतिनिधि सभा सदस्य एवम् नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा) का नेता कृष्णभक्त पोखरेलले नेतृत्व मिलेमा तलतलका कार्यकर्ताहरुको मन एक मिनेटमै मिल्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भरतपुर महाननगरपालिका वडा कमिटी– ११ द्वारा आयोजित टेलिफोन डायरी विमोचन एवम् अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘तपाइँहरु माथिमात्र मिल्नु भयो भने तलतलका कार्यकर्ताको मन त हाम्रो एक मिनेटमै मिल्ने अवस्थामा छ । तपाइँहरु एकताबद्ध भएर आएको हामी छिटो हेर्न चाहन्छौं । महाधिवेशनको मिति छिटो तोक्नुस्’ उनले अध्यक्षद्वयलाई आग्रह गर्दै भने ।

पार्टी फुट्ने कुरा सुन्न परिरहँदा सबैको मन दुखेको बताउँदै उनले पार्टीलाई कुनै पनि हालतमा फुट्न दिन नहुने बताए । तलका कार्यकर्ता एकजुट रहेको र पार्टी फुट स्वीकार्न नसक्ने सन्देश दिएर पार्टी एकतालाई जोगाउनु पर्ने उनले बताए । तलतलका कार्यकर्ता एक भएमा भने नेतृत्वलाई मिल्न बाध्य पर्ने भन्दै उनले सबै कार्यकर्तालाई एक भइरहन आग्रह गरे ।

आकस्मात रुपमा पार्टी एक बनाउने निर्णय गरेका नेताहरु नै अहिले झगडा गरेर पार्टी पुनः फुटाउने जस्ता कुरा गर्नु दुःखद भएको उनले बताए । जनताले कम्युनिस्टलाई विश्वास गरेर दुईतिहाई नजिक मत दिएको बताउँदै उनले आफूहरु परीक्षामा रहेको बताए । यो परीक्षामा फेल भएमा कम्युनिस्टहरुले कम्पार्ट दिने अवसर नपाउने उनको दाबी थियो । कम्युनिस्ट एक पटक सकिएपछि विश्वका अन्य देशमा कहिल्यै नफर्किएको उदाहरण दिँदै उनले नेपाली कम्युनिस्टहरु पास हुने गरी काम गर्नुपर्ने बताए ।

सकेसम्म सहमति नभए बहुमतले भनेको कुरा मान्नु पर्ने र अल्पमतको पनि कदर गर्दै अघि बढ्न उनले नेतृत्वलाई आग्रह गरे । हिजोका महाधिवेशनका पदहरुको कुरा गर्नु औचित्य नभएको बताउँदै उनले एकताका लागि धेरैले पद गुमाएको सम्झेर हालका शीर्ष नेताहरुले पार्टी एकतालाई जोगाउनु पर्ने विचार राखे ।

नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १८:३२:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology