चितवन, ४ पुस । देशभर चिसो बढेको छ । उत्तर–पश्चिमी वायुको प्रभाव बढ्दा चिसो बढेको हो । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ ।
काठमाडौंको यस वर्ष जाडो शुरु भएयता सबैभन्दा कम हिजोको तापक्रम १ दशमलव ६ डिग्रीमा झरेको थियो । तर चिसो हिजोभन्दा आज बढेको महशूस गरिएको छ ।
प्रदेश नं १ र गण्डकी प्रदेशका भू भागहरुमा आंशिक बदली रही बाँकि भू भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा गण्डकी प्रदेश भू भागहरुमा आंशिक बदली रही बाँकि भू भागमा मौसम सामान्यतया सफा रहने मौसम विभागले जनाएको छ ।