कुरिनटार, २९ असार । अखिल नेपाल महिला संघ इच्छाकामना गाउँ कमिटीको आयोजनामा एक दिने महिला सशक्तीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चुम्लिङ्गटार स्थित सिद्धार्थ रिसोर्टमा मंगलबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।
अनेमसंघ इच्छाकामनाका अध्यक्ष राधा कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटीका सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रीय सचिबालय सदस्य एवं चितवन जिल्ला इन्चार्ज प्रभा बरालको प्रमुख अतिथिका साथै अखिल नेपाल महिला संघ केन्द्रिय सचिवालय सदस्य शारदा कुमालको विशिष्ट आतिथि रहेका थिए।