Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

कसिलो मौद्रिक नीति बनाउनुपर्नेमा सरोकारवालाको जोड 

कसिलो मौद्रिक नीति बनाउनुपर्नेमा सरोकारवालाको जोड 

images

सिआईएन

२९, आषाढ २०७९
कसिलो मौद्रिक नीति बनाउनुपर्नेमा सरोकारवालाको जोड 
images

सजना तिमल्सिना, काठमाडौँ, २९ असार । आगामी आर्थिक वर्षको मौद्रिक नीति कसिलो बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल राष्ट्र बैँकले साउन पहिलो हप्ता आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैँकले जेठ मसान्तसम्मको आर्थिक सूचकहरूलाई आधार मानेर मौद्रिक नीति तयार गरिरहेको छ ।

त्यसको लागि राष्ट्र बैँकले विभिन्न निकायसँग सुझाव मागिरहेको छ । नेपाल राष्ट्र बैँक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम केन्द्रीय बैँकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । आउँदो आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य बजेटमा मार्फत सार्वजनिक गरिएको छ ।

यो लक्ष्य प्राप्तिमा सहयोग हुने र मूल्यवृद्धिदर ७ प्रतिशतभित्रै राख्ने किसिमको मौद्रिक नीति निर्माण गर्न राष्ट्र बैँकलाई चुनौती देखिएको अर्थविज्ञ विश्वम्बर प्याकुुरेलले बताउनुभयो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको अधिकांश सूचकहरू खस्किएको छ । निरन्तरको बढ्दो शोधनान्तर घाटा र व्यापार घाटा, उच्च दरले घटिरहेको विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाह सन्तोषजनक नहुनु लगायत कारण अर्थतन्त्र सङ्कटोन्मुख अवस्थामा छ ।

यस्तो अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्रमा वित्तीय स्थायित्व र मूल्य वृद्धि वाञ्छित सीमा राख्नुपर्ने चुनौती समेत राष्ट्र बैँकलाई रहेको पूूर्व गर्भनर डा. चिरन्जीवी नेपालले बताउनुभयो । यो आर्थिक वर्ष सुरु भएको दुई, तीन महिनादेखि नै बैँक वित्तमा देखिएको तरलता अभाव अझै समाधान हुन सकेको छैन । गत वर्षको मौद्रिक नीतिले कोरोना महामारीलाइ मध्यनजर गर्दै सहुलियत कर्जा, व्यवसाय निरन्तरता कर्जा, कर्जाको पुर्नसंरचनाजस्ता कुरामा जोड दिएको थियो ।

नयाँ मौद्रिक नीतिले तरलता व्यवस्थापनलाई मुख्य केन्द्रमा राख्नुपर्नेमा पूूर्व गर्भनर नेपालको जोड छ । गत जेठ १७ गतेदेखि नेपाल राष्ट्र बैँकले मौद्रिक नीति सम्बन्धी सुझावहरू लिइरहेको छ । आएका सुझावहरूलाई समेत समेटेर नीति बनाउने तयारी भइहरेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिनुभयो । कोभिडका कारण गत दुई आर्थिक वर्षमा राष्ट्र बँैकले खुकुलो मौद्रिक नीति जारी गरेको थियो । 

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - ०९:०९:४५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology