Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बढ्दो आयात र घट्दो विदेशी मुद्रा सञ्चितिको अवस्थालाई लिएर चिन्ता बढ्दै 

बढ्दो आयात र घट्दो विदेशी मुद्रा सञ्चितिको अवस्थालाई लिएर चिन्ता बढ्दै 

images

इच्छाकामना न्युज

२९, आषाढ २०७९
बढ्दो आयात र घट्दो विदेशी मुद्रा सञ्चितिको अवस्थालाई लिएर चिन्ता बढ्दै 
images

स्नेहा कर्ण, काठमाडौँ, २९ असार । मुलुकको बढ्दो आयात र घट्दो विदेशी मुद्रा सञ्चितिको अवस्थालाई लिएर चिन्ता बढ्दै गएको छ । नेपालको अवस्था पनि श्रीलङ्काको जस्तै हुने होकी भनेर पछिल्लो समय हल्ला हुन थालेको छ । श्रीलङ्काको गलत नीति र अनियमितताका कारण देश नै ठूलो सङ्कटमा परेको छ । त्यहाँका दुई करोड १५ लाखभन्दा बढी नागरिक खाद्यान्न, इन्धन, ग्यास र अत्यावश्यक अन्य वस्तुको अभावबाट गुज्रिरहेका छन् ।

श्रीलङ्कामा आर्थिक सङ्कट आउनुको प्रमुख कारण, बजेट कटौती, विभिन्न आर्थिक प्रतिबन्ध, उत्पादनमा कमी, विदेशी मुद्रा भण्डारण ३० प्रतिशतमा झर्नुलाई मानिएको छ । अर्को, राजनीतिक अस्थिरताका कारण पनि श्रीलङ्काको अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित बनाएको एकजना अर्थ क्षेत्रका जानकार प्राध्यापक डा.रघुराम बिष्टले बताउनुभयो ।

नेपालको अर्थतन्त्रमा पछिल्लो समय निकै उतारचढाव देखिन थालेपछि श्रीलङ्कामा देखिएको आर्थिक सङ्कटलाई नेपालसँग जोडिएर हेर्न थालिएको छ । नेपालको ९० प्रतिशत आवश्यक र अनावश्यक वस्तु आयातमै निर्भर छ । भ्रष्टाचार र अनियमितताले सरकारी ढुकुटी रित्तिने अवस्थामा पुगे पनि सरकारले श्रीलङ्काको अवस्था आउन सक्ने भनेर हल्ला गर्न नपर्ने बताईरहेको छ । त्यसैले मुलुकलाई श्रीलङ्काको जस्तो अवस्थामा जान नदिने आधारहरूको बारेमा जनतालाई जानकारी गराउन विज्ञहरूको सुझाव छ । 

images
प्रकाशित मिति :आषाढ २९, २०७९ बुधवार - ०९:०२:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology