Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

तिनाउखोलाको किनारमा युवतीको शव फेला

तिनाउखोलाको किनारमा युवतीको शव फेला

images

इच्छाकामना न्युज

२६, आषाढ २०७९
तिनाउखोलाको किनारमा युवतीको शव फेला
images

तिलोत्तमा, २६ असार । रुपन्देहीको तिलोत्तमा-३ स्थित तिनाउखोलामा एक युवती मृत फेला परेकी छन् । पश्चिम नवलपरासीको सुनवल-२ की अस्मिता पटवार शर्माको शव नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । 

वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

आइतबार दिउँसो साढे १ बजेतिर उनको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

 
 

images
प्रकाशित मिति :आषाढ २६, २०७९ आइतवार - २१:१६:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology