Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दार्चुलामा तुइनबाट खसेर एक युवक बेपत्ता 

दार्चुलामा तुइनबाट खसेर एक युवक बेपत्ता 

इच्छाकामना न्युज

२२, आषाढ २०७९
दार्चुलामा तुइनबाट खसेर एक युवक बेपत्ता 
images

दार्चुला, २२ असार । जिल्लाको व्याँस गाउँपालिका–२ मालघाट स्थित तुइनबाट महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । आज दिउँसो साढे ३ बजेतिर व्याँस गाउँपालिका–२ घर भएका १९ वर्षका सचिन बुढाथोकी भारतबाट आफ्नो घरव्याँस गाउँपालिकाको दुम्लिङ जाने क्रममा तुइन टुटेर महाकाली नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

images
images

सचिनले आफूसँगै धेरै तौल भएको सामान पनि तारिरहेको तथा तुइन टुटेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले बताएको छ ।

यसअघि सोही ठाउँबाट तुइन तर्नेक्रममा व्याँस गाउँपालिका मालका जयसिंह धामी पनि महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । जयसिंह धामी अझै बेपत्ता छन् । बेपत्ता बालकको खोजीकार्य भइरहेको जनाइएको छ ।    

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - १९:३३:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology