Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जलवायु परिवर्तनको असर न्यूनीकरणमा संसदको भूमिका महत्वपूर्ण 

जलवायु परिवर्तनको असर न्यूनीकरणमा संसदको भूमिका महत्वपूर्ण 

सिआईएन

२२, आषाढ २०७९
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संसदको भूमिका महत्वपूर्ण 
images

सुसिला श्रेष्ठ, काठमाडौं, २२ असार ।  पछिल्लो तथ्याङ्क अनुसार नेपालमा औसतमा वार्षिक शून्य दशमलब ०५६ डिग्री सेल्सियस तापक्रम वृद्धि भइरहेको छ, जसका कारण नेपालमा जलवायु परिवर्तको प्रत्यक्ष असर देखा परिरहेको छ । यसले वर्षाको प्रवृत्तिमा फेरबदल भएको छ भने अनपेक्षित विपद्को सामना गर्नु परिरहेको छ ।

images
images

बर्खामा बाढी र पहिरो नेपालका निम्ति नौलो होइन, तर जलवायु परिवर्तनका कारण बेमौसमी वर्षा हुने, एकै समयमा धेरै पानी पर्ने र फेरि सुख्खा लाग्ने समयको रूपमा बदलिएको छ । जसले गर्दा कृषि क्षेत्रमा नकारत्मक प्रभाव परिरहेको छ ।

गत वर्ष बेमौसमी वर्षाका कारण नेपालले धान बालीमा ७ अर्ब बढिको क्षति बेहोर्नु पर्यो । गत वर्ष नै सिन्धुपाल्चोकको मेलम्चीमा अप्रत्यासित बाढीका कारण जनधनको क्षति भयो । अघिल्लोे हिउँदमा नै नेपालमा दशकौँ यताकै भिषण डढेलो लाग्यो । यी केहि घटनाहरू केलाउदा मात्रै पनि पछिल्लो समय नेपालले औषत भन्दा बढि प्राकृतिक विपत्तिहरूको समाना गरिरहेको छ ।

यी सबै हुनुमा जलवायु परिवर्तनको असर मुख्य कारक रहेको छ । जलवायु परिवर्तनको असर कम गर्नको लागि अलग्गै कानुन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । जोखिम न्युनीकरणका लागि नीतिगत व्यवस्था गरि प्रभावकारी योजना कार्यान्वन गर्नुुपर्नेमा सांसदहरू पनि सहमत हरेका छन् ।

राष्ट्रिय सभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा सम्मन्वय समितिका सभापति दिलकुमारी रावल आवश्यकताको आधारमा अलग्गै नीतिगत व्यवस्था गर्न सकिने बताउनुहुन्छ । जलवायु परिवर्तनबाट परिरहेको तथा पर्न सक्ने प्रभाव सम्बन्धी अध्ययन नेपालमा कमै मात्रामा भएको छ ।

जलवायु परिवर्तन असरको भौगोलिक क्षेत्र, प्रकारको, परिमाणको बारेमा वैज्ञानिक मूल्याङ्कन गर्नु आवश्यक छ । सीआईएनले आज गरेको कार्यक्रममा राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले अध्ययनपछि मात्रै जलबायु परिवर्तनका असर न्युनीकरणका लागि सहि योजना तर्जुमा गर्न मद्दत पुग्ने बताउनुभयो ।

प्रतिनिधिसभा अन्र्तगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुुमारी सुवेदीलेजलवायु परिवर्तनको प्रभाव कम गर्न सामाजिक–आर्थिक विकासलाई जलवायु–मैत्री वनाउनुपर्नेमा जोड दिनुभयो ।

नीति, कानून, योजना तथा विकासका कार्यक्रमहरूमा जलवायु परिवर्तनको पक्षलाई एकीकृत गरी कार्यान्वयनमा ल्याउन संसदमै बहस अगाडी बढाउने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपालले सन् १९९४ मा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्ष राष्ट्र भएदेखि नै जलवायु परिवर्तन व्यवस्थापन सम्बद्ध कार्य गर्दै आएको छ । तर  ति योजना र कार्यक्रम जलबायु परिवर्तन मैत्री भने नभएको विज्ञहरू नै गुनासो गर्छन । 

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - ०९:२२:३९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology