Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको आत्मशान्तिका लागि सामूहिक घेवा

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको आत्मशान्तिका लागि सामूहिक घेवा

इच्छाकामना न्युज

१, आश्विन २०८३
भोटेकोशी बाढीमा ज्यान गुमाएकाको आत्मशान्तिका लागि सामूहिक घेवा
images

भरतपुर । भदौ १० गते आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको बौद्ध परम्पराअनुसार कर्मकाण्ड (घेवा) गरिएको छ । भरतपुर–५, नारायणपुरस्थित उग्र्यान न्होर्बु छ्याएलिङ गुम्बाले २१औँ दिनको तिथि पारेर बौद्ध परम्पराअनुसारको संस्कार गरेको हो ।

images
images

बाढीमा बगेर ज्यान गुमाएकाहरुको आत्मशान्तिका लागि सामूहिक घेवा गरिदिएको गुम्बाका अध्यक्ष चेतबहादुर तामाङले जानकारी दिए ।लामा गुरूहरुबाट विधिपूर्वक शान्तिपाठ गर्नुका साथै दीप प्रज्वलन गरेर घेवा कार्य सम्पन्न गरेको उनले बताए । ‘बाढीका कारण हजारौँ नागरिकले ज्यान गुमाउन बाध्य भएको हुँदा उनीहरुको आत्मा भड्किरहेको छ । खाना पाएका छैनन् । त्यसकारण बाटो तोरण गर्ने मुक्ति पाएको छैन ।

त्यसकारण उनीहरुको स्वर्गमा सहज यात्रा होस् भन्ने कामनाका लागि हामीले सामूहिकरुपमा यो कार्यक्रम गरेका हौँ’, उनले भने, ‘यसमा कुनै जाति र धर्म हेरिनु हुँदैन ।’भरतपुर–५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठले भोटेकोशी बाढीले देशलाई नै मर्माहत बनाएको बताउँदै आत्मशान्तिका लागि विभिन्न संघसंस्थाले गर्दै आएको कार्यक्रमले पीडितको घाउमा मल्हम लगाउने काम भएको बताए । कार्यक्रमले विपद्को समयमा हामी पनि सँगै छौँ भन्ने सन्देश दिएको उनले बताए ।

बाढीका कारण बेपत्ता भएका व्यक्तिको हकमा राज्यले ध्यान दिएर कानुन संशोधन गर्नुपर्ने उनको भनाइ छ । ‘राज्यले १२ वर्षपछि मात्रै मान्छे नभेटिएपछि बल्ल मृतक घोषणा गर्ने कानुनी व्यवस्थालाई सरकारले फेर्नुपर्छ’, उनले भने, ‘घटनाको प्रकृतिलाई हेरेर पनि कानुन निर्माण गर्न आवश्यक छ ।’

१८औँ दिनमा नारायणी नदीकिनारमा गएर सुर (पिण्ड) चढाएको गुम्बाले २१औँ दिनमा बौद्ध परम्पराअनुसारको घेवा सम्पन्न गरेको गुम्बाका प्रमुख लामा पेमा वाङ छुगले जानकारी दिए । उनका अनुसार २१औँ दिनमा पनि सुर चढाइएको थियो । विपद्का कारण मृतकहरुको आत्मा भड्किएको हुँदा त्यसलाई शान्त पार्न र स्वर्गमा शान्तिपूर्ण तरिकाले बास बस्न सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

मृत आत्माका लागि शान्तिको कामनासहित घाइतेहरुको स्वास्थ्यलाभका लागि पनि पूजापाठ गरेर भगवान्सँग प्रार्थना गरेको उनले बताए । ‘कसैले पितृको श्राप भन्छन्, कसैले भगवान्ले दुःख दिएको भन्छन् । तर, यो विपत्ति कसैले ल्याइदिएको होइन, हामी आफैँले निम्त्याएका हौँ’, लामा गुरू पेमा वाङ छुगले भने, ‘त्यसकारण मानवजीवन रहेसम्म सत्कर्मको बाटो रोज्नुपर्छ, सत्कर्मको काम गर्नुपर्छ । त्यसका लागि पनि आज हामीले बौद्ध परम्पराअनुसारको कार्यक्रम गरेका हौँ ।’बुधबार बिहानदेखि दिनभर लामा गुरूहरुबाट पाठ वाचनसहित शान्तिको कामना गरिएको थियो ।

images
प्रकाशित मिति :आश्विन १, २०८३ बिहिवार - ११:०६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology